पाल्पामा हुदैछ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता

Read Time:1 Minute, 59 Second

देब पचभैया  

पाल्पा, माघ ९ – पाल्पामा बिधालय स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ ।

पाल्पा जिल्ला खेलकुद बिकास समितिले शुक्रबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरी निर्बाचन क्षेत्र स्तर र जिल्ला स्तरको गरी दुई चरणमा प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद बिकास समिति पाल्पाका अध्यक्ष धनबहादुर रानामगरले आगामी माघ २५ र २६ गते निर्बाचन क्षेत्र स्तरमा र फागुन २३,२४ र २५ गते जिल्ला स्तरिय प्रतियोगिताको आयोजना गरिने जानकारी दिए ।

प्रतियोगितामा सहभागीताको लागी जिल्ला खेलकुद बिकास समितिको कार्यालय बडीज्ञान टोलमा सम्पर्क गर्न सकिने बताइएको छ । प्रतियोगितामा छात्र,छात्रा भलिवल , एथलेटिक्स, दौड, सटफुट, ज्याभलिङ्ग थ्रो, हाईजम्प, लङ्गजम्प, कराते, तेक्वाण्डो लगाएतका प्रतियोगिता रहने छन् ।

जिल्लाका सबै बिधालयहरुलाई प्रतियोगितामा सहभागी बनाउनको लागी आफुहरुको निरन्तर पहल भैरहेको प्रतियोगिताका आयोजकले बताएका छन् । प्रतियोगितालाई ब्यवस्थित रुपमा संचालन र सम्पन्न गर्नको लागी जिल्ला शिक्षा कार्यालय संगको सहकार्यमा अघि बढ्ने उनीहरुको भनाई छ ।

धिरज रानामगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रश्मि श्रेष्ठले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %