गोविन्द घर्ती
रुपन्देही माघ ९-पहिचान सहीतको संघीय संविधानको लागि भएको आन्दोलन तुहाउन आदिवासी जनजाति महासंघका नेतृत्वहरु लागि परेको बुटवलमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन । उनीहरुले आन्दोलन तुहाउन लागि परेका महासंघका नेतृत्वलाई तत्काल कार्वाही गर्न आ–आफनो जातिय संस्थाको केन्द्रीय समितिलाई दवाव दिनु पर्नेमा जोड दिएका थिए । नेपाल आदिवासी जनजाति महासंघ रुपन्देही द्धारा बुटवलमा आयोजित भेला तथा संघर्ष समिति घोषणा सभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
कार्यक्रममा बोल्ने वक्ताहरुले अहिले पहिचान पक्ष धर र पहिचान विरोधी वीचको अन्र्तर संघर्ष भएकोले सम्पूर्ण पहिचान पक्षधरहरु एक जुटभएर लाग्नु पर्नेमा जोड दिएका थिए । देश अहिले संविधान निर्माणको संघारमा भएको हुदा आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्न दवावको आवश्यक रहेको बताएका थिए ।
महासंघ रुपन्देहीका अध्यक्ष सन्तराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा छन्त्याल संघका अध्यक्ष दलबहादुर छन्त्याल, तमु ह्युल छोंज धी रुपन्देहीका अध्यक्ष सूर्यलाल तमु, भुजेल समाजका अध्यक्ष ज्ञानबहादुर भुजेल, तामाङ्ग घेदुङ्गका अध्यक्ष वीरबहादुर लामा, थारु कल्याणकारिणी सभाका अध्यक्ष रामवली चौधरी, नेपाल मगर संघका उपाध्यक्ष गिता सारु, थकाली सेवा समितिका अध्यक्ष शिवप्रसाद शेरचन, पत्रकार मञ्चका अध्यक्ष टेकबहादुर मास्की, धनबहादुर गुरुङ्ग लगातयले आ–आफना भनाई राखेका थिए ।
महासंघका उपाध्यक्ष कृष्ण मोक्तानको स्वागत र सहसचिव लालबहादुर गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । भेलाले नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष सन्तराम चौधरीको अध्यक्षतामा एक हजार एक सदस्यीय संघर्ष समिति गठन गरेको छ । जसको सहसंयोजकमा नेपाल मगर संघका अध्यक्ष दलबहादुर विरकट्टा, छन्तयाल संघका जिल्ला अध्यक्ष दलबहादुर छन्त्याल रहेका छन । त्यसैगरी प्रवक्तामा धनबहादुर गुरुङ्ग, सहप्रवक्तामा कमला थापा रहेका छन । भेलाले जिल्लामा रहेको एकल जातीय संगठनका अध्यक्षहरु, पत्रकार मञ्चका अध्यक्ष टेकमास्की, ज्ञानेन्द्र भुजेल, गिता सारु रहेको ५१ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।
