आन्दोलन जारी छ , जनजाति अगुवाहरु

Read Time:4 Minute, 7 Second

देब पचभैया

बुटवल ९ माघ – संविधानमा पहिचानसहित आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउंन दवाव दिन सशक्त आन्दोलनको विकल्प नभएकोमा आदिवासी जनजाति अगुवाहरुले जोड दिएका छन् ।

  जनजाति महासंघको नेतृत्वले आदिवासी जनजातिको अधिकार स्थापित गर्न आन्दोलनको नेतृत्व गर्न नसके नेतृत्वलाई नैं वहिस्कार गरेर जानुपर्ने पनि उनीहरुले चेतावनी दिएका छन् ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्,रुपन्देहीको संयोजनमा बुटवलको रामनगरमा आयोजित जनजाति अगुवाहरुको भेलालाई सम्वोधन गदैं जनजाति अगुवाहरुले उक्त चेतावनी दिएका हुन् ।आदिवासी जनजाति आन्दोलनलाई तुहाउंनका लागि सक्तारुढ दलले महासंघका अध्यक्ष र महासचिवलाई सभाषद् बनाएको भन्दैं अधिकारमुखि आन्दोलनको नेतृत्व गर्न नसके पद छाड्न उनीहरुले नेतृत्वलाई चेतावनी समेत दिएका छन् ।

कार्यक्रममा बोल्दैं नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अक्ष्यक्ष शन्तराम चौंधरीले केन्द्रका नेतृत्वले आदिवासी जनजातिको आन्दोलनमाथि कुठराघाट गरेको बताउंदैं आफु जनजाति आनदोलनबाट नभाग्ने प्रतिवद्धता व्यक्त गरे । तमु राष्ट्रिय मुक्ति मोर्चाका अवध राज्य समिति संयोजक धनबहादुर गुरुङले
जनजातिहरु विभाजित भएर होइन एकजुट भएर सशक्त संघर्षमा जानुपर्ने बताए ।

तमु छोंज धीं,रुपन्देहीका अध्यक्ष सुर्यलाल तमुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल छन्त्याल संघ,रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल,थकाली सेवा समिति बुटवल क्षेत्रका अध्यक्ष क्यां. शिवप्रसाद शेरचन, पत्रकार  टेकबहादुर मास्कीराना,भुजेल सेवा समिति,रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र भुजेल,तमु राष्ट्रिय मुक्ति मोर्चा रुपन्देहीका अध्यक्ष खेमानसिंह तमु,बुद्धिजीबि तामबहादुर सराङकोटीराना,तमु छोंज धीं,रुपन्देहीका पुर्व अध्यक्ष टेकबहादुर गुरुङ,धींका उपाध्यक्ष बिमला तमु,पत्रकार सोनु थापा,तमु  विद्यार्थी छोंज धीं,रुपन्देहीका अध्यक्ष आशु तमु लगायतले बोलेका थिए ।

भेलाले जनजाति आन्दोलनलाई सशक्त पार्न एक हजार एक सदस्यीय समिति रहने गरि जिल्लास्तरीय आदिवासी जनजाति संयुक्त जिल्ला संघर्ष समिति गठन गरिएको छ। संघर्ष समितिको संयोजक र संयोजन समितिको सदस्यहरु बुटवलको रामनगरमैं बृहद जनजातिहरुको भेला गरेर घोषणा गरिने मोर्चाका संयोज
गुरुङले जानकारी दिए ।

समितिमा आदिवासी जनजाति महासंघ,गाउं परिषद्,एकल जातीय संघ(संगठनका पदाधिकारी,आदिवासी जनजाति पत्रकार,युवा,विद्यार्थी,महिला,बुद्धिजीवि,अगुवा,समाजसेवी,नागरिक समाज,मजदुर लगायतका संघ(संगठनका पदाधिकारी तथा प्रतिनिधिलाई सदस्य राखिएको गुरुङले बताए ।

माघ ८ तरेपनि पहिचान सहितका संबिधान जारी गराउनको लागी आन्दोलनलाई जारी राख्ने उनीहरुले बताएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %