राज्यसत्ता,
काठमाडौ, ८ माघ – रक्सीका बोत्तल, खुर्सानीका धुलोलगायतका शंकास्पद सामग्री भेटिएपछि संविधानसभामा आज विशेष सुरक्षा व्यवस्था गरिएको छ।
सभासद्हरुलाई समेत शरीर खानतलासी गरेर भित्र पठाइएको छ। जुत्ता तथा पेटी खोल्न लगाइएको छ। मोबाइल तथा झोला पनि बाहिर राख्न लगाइएको छ। सभासद्दलाई पनि आज मूल गेटबाट सुरक्षा जाँच गरेर एकएक गरेर भित्र पठाइएको छ। रक्सीका बोत्तल, खुर्सानीका धुलोलगायतका शंकास्पद सामग्री भित्र्याउँन लगाउने एकात्मकबादि सरकारकै काम भएको र बिपक्षलाइ बद्नाम गर्न खोजेको श्रोतको दाबि छ ।
बिहीबारको बैठक तनावपूर्ण हुने देखिएपछि संविधानसभाभित्र सुरक्षा निगरानी बढाइको छ। संविधानसभा भवनलाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले मध्यरातदेखि नै विशेष सुरक्षा घेरामा राखेको छ।माघ ८ मा संविधान आउन नसक्ने भएपछि संभावित मुठभेड र सुरक्षा खतरालाई ध्यानमा राखेर नयाँ बानेश्वर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था गरिएको छ।सम्मेलन केन्द्रभित्र र बाहिर सुरक्षा गस्ती बाक्लो बनाइएको छ। बाहिरतर्फको सुरक्षाको जिम्मा शसस्त्र प्रहरीलाई दिइएको छ। अप्ठ्यारो स्थिति आए सेनालाई पनि ब्याकअप फोर्सका रूपमा तयारी अवस्थामा राखिएको स्रोतले बतायो।
बिहानदेखि संविधानसभा पसिरमा विशेष सुरक्षा निगरानीसहित गस्ती बाक्लो बनाइएको छ। सम्मेलन केन्द्रभित्र पनि सुरक्षाकर्मीको संख्या थपिएको छ। त्यसैगरी बैठक कक्षमा खटिने मर्यादापालकको संख्या बढाइएको छ। विशेष सतर्कतासहित उनीहरुलाई तयारी हालतमा राखिएको छ।
माघ ८ को सुरक्षा व्यवस्थाको योजना तथा रणनीतिबारे छलफल गर्न गृहमन्त्रालयमा बुधबार बिहान पनि सुरक्षा निकायहरूको बैठक बसेको थियो। बैठकमा गृहमन्त्री तथा उपप्रधानमन्त्री वामदेव गौतम र सुरक्षा प्रमुखहरू र सेनाका उच्च अधिकृत सहभागी थिए। राजधानी बाहिरका मुख्य सहरमा विशेष सुरक्षा निगरानीका लागि गृहले सुरक्षा संयन्त्रलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयले काठमाडौं प्रवेश गर्ने नाकाहरू, संविधानसभा भवन, विमानस्थल, सिंहदरबार, बालुवाटार, कुटनीतिक नियोग तथा दूतावास, शितलनिवास, शीर्ष नेताहरूको निवास्थललगायतका उपत्यकाका संवेदनशिल स्थानमा उच्च सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायलाई विशेष निर्देशन दिएको छ।खासगरी संविधानसभा भवन नयाँ बानेश्वरलाई विशेष सुरक्षा घेरामा राखिएको छ।
माघ ८ मा संविधान नआएको विरोधमा हुनसक्ने प्रदर्शनमा घुसपैठ गरेर कुनै आपराधिक समूहले गर्नसक्ने क्रियाकलापप्रतिसमेत प्रहरीले निगरानी बढाएको छ। पछिल्लो समयमा काठमाडौंमा साना हतियारसहित पक्राउ परेका विभिन्न व्यक्तिहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले थानकोट नाकामा पनि सुरक्षा व्यवस्था कडा बनाएको छ। यसैबीच संबिधानसभा प्रवेशको क्रममा विपक्षी सभासदलाई सुरक्षा जाँचमा कडाई गरिएको प्रति विपक्षी दलका नेताहरुले आपत्ति जनाएका छन् ।
पुष्पकमल दाहाल, बाबुराम भट्टराई र विजयकुमार गच्छदारलगायत नेताहरुले सभामुखलाई भेटेर विपक्षी सभासदलाई जाँचमा कडाई गरिएको बारे ध्यानाकर्षण गराएको एमाओवादी नेता अग्नी सापकोटाले जानकारी दिए । नेताहरुले सभामुखसमक्ष विपक्षी सभासदलाई निरुत्साहित बनाउन अनावश्यक जाँच गरिएको भन्दै आक्रोश पोखेका थिए । नेताहरुले समामुखलाई ‘संबिधानसभालाई जेल बनाउन खोज्नु भएको हो ?’ भन्दै प्रश्न गरेका थिए ।
उता माघ ६ गते राती समषद् भवन भित्र हुलदंगा हुँदा भाँचिएका कुर्चि टेबल र माइक बिपक्ष सभाषद्हरूलाइ दिइएको छैन । उनिहरू उठेरै लामो समय सम्म नयाँ बन्न लागेको संघियता र पहिचाँनको लागी भवन भित्रै नारा लगाइरहेका छन् । सत्तापक्षका सभाषद्हरू भने कुर्चिमै बसेर माइक समातेर सभामुखको समर्थनमा साथ दिरहेको छ । यसैलाइ भनिन्छ नेपालको ब्राहमणबादि चरित्र ।
