झन चर्कियो आन्दोलन : फोटो समचार सहित

Read Time:3 Minute, 45 Second

बबरमहल र बानेश्वर जनजातिको बब्जामा 

दिपा आले मगर   

  काठमाडौं, ८ माघ – माघ ८ मा संविधान जारी गर्ने भनीएको मितिको अन्तिम दिन विहिबार बबरमहल, बानेश्वर खण्ड जनजातिले कब्जा गरेका छन् । जनजातिको विपक्षमा संविधान आए आफुहरुलाई मान्य नहुने भन्दै जनजातिहरुले बबरमहल बानेश्वर सडकमै बसेर पहिचानका पक्षमा नारावाजी, विरोध प्रदर्शन, सांस्कृतिक कार्यक्रम गरेका हुन् ।

 संविधानसभाको मिति नजिकिंदै जाँदा संविधानसभा लगायत विभिन्न स्थानलाई सरकारले निषेधित क्षेत्र घोषणा गरिएकाले बबरमहल, बानेश्वर सडक नै पूरै ढाकेर जनजातिले विरोध तथा धर्नाका कार्यक्रम गरे । विरोधसभामा सभासद् तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले जातीय पहिचानसहितको संघीय संविधानलेमात्र देशलाई विकास र निकास दिनसक्ने बताए ।

  उनले विगतमा राज्यसंग भएका ९ र २० बुँदे सहमतिबाट आफुहरु कुनैपनि हालतमा पछि नहट्ने बताए । ‘हाम्रो लडाई कुनै जाति, समुदायसंग हैन, राज्यसंग हो ।’ उनले भने, पहिचानसहितको संघीय संविधान नआए आन्दोलन जारी रहनेछ । विरोधसभामा बोल्दै सभासद् तथा जनजाति महासंघका महासचिव पेम्बा भोटे गुरुङले जनजातिको आन्दोलनलाई कम आँके जनजातिको विगतको आन्दोलनलाई स्मरण गराइदैं राजधानी ठप्प पार्ने चेतावनी दिए । विरोधसभामा जनजाति महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीले जनजातिको विपक्षमा संविधान ल्याउने षड्यन्त्र भइरहेको बताए ।      

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष शान्ति जिरेलले विगत ईतिहासदेखि राज्यले जनजातिमाथी गरेको विभेदको अन्त्य गर्दै जनजातिको हकअधिकार संविधानमा ग्यारेन्टी गरिनुपर्ने बताइन् । ‘राज्यले जनजातिलाई शिक्षामा नीतिमा, भाषा नीतिमा, धर्म नीतिमा विभेद गर्दै आएको छ ।’ उनले भनिन् । जनजातिको विरोध प्रदर्शनले बबरमहल, बानेश्वर सडक पुरै ठप्प पारिएको थियो । माइतिघर मण्डलाबाट निस्कएको आदिवासी जनजाति आन्दोलन नेपालका संयोजक पद्रत्न तुलाधर सहितको संयुक्त मोर्चाको र्याली पनि बबरमहल, बानेश्वरमा विरोध प्रदर्शनमा उत्रिएको थियो ।

  माईतिघर मण्डलाबाट जातीय पहिचान झल्कने सांस्कृतिक कार्यक्रमसहित बबरमहल बानेश्वर पुगेको र्याली सभामा परिणत भएको थियो । हजारौं प्रदर्शनकारीसहित सडकमा उत्रिएका पहिचानपक्षधरहरुको विरोध प्रदर्शनमा आदिवासी जनजाति एक हौं, पहिचान सहितको संघीय संविधान जारी गर लगायतका नारा लगाइएको थियो ।

आजको धर्नामा विभिन्न जनजाति संघका प्रतिनिधिहरुले पहिचान सहितको संविधान नआए आफूलाई मान्य नहुने बताएका  थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %