युकेमा बस्दै आएका राप्तीवासीद्धारा मगरग्रामलाई सहयोग

Read Time:3 Minute, 10 Second

देविका घर्ती मगर

दाङ, माघ ७ – युकेमा बस्दै आएका राप्तीवासी नेपालीहरुले दाङस्थित नमुना मगर ग्रामलाई सहयोग गरेका छन् ।

  घोराही नगरपालिका–७ सेवार बगाले निवासी पुर्व ब्रिटिस आर्मी बिष्णु घर्ती मगरको नेतृत्वमा युकेमा बस्दै आएका राप्तीवासी तथा अन्य नेपालीहरुले लक्ष्मीपुर–५ सवारीकोटस्थित नमुना मगरग्रामलाई १ लाख ७४ हजार ७ सय ९ रुपैयाँ सहयोग गरेका हुन् ।    

सहयोग सँकलन समितिका संयोजक तथा मगर संघ युकेका खेलकुद सचिव बिष्णु घर्ती मगरले बुधवार एक कार्यक्रमका बिच उक्त रकम नमुना मगर ग्राम सवारीकोटलाई हस्तान्तरण गरेको हो । मगर ग्राम निर्माणार्थ सहयोगको अनुरोधपत्र राप्ती समाज युकेमा गएपछि राप्तीवासीहरुले सहयोगका लागि आर्थिक सँकलन शुरु गरेको संयोजक घर्ती मगरले जानकारी दिए । जस अन्तर्गत युकेमा बस्दै आएका राप्तीवासी तथा अन्य नेपाली गरी ५० जनाबाट उक्त रकम सँकलन गरिएको उनले जानकारी दिए ।

नमुना मगर ग्राम सवारीकोटका अध्यक्ष कृष्णबहादुर बुढा मगरको अध्यक्षता तथा दाङ निर्माण ब्यवसायि संघका अध्यक्ष बलिभद्र राना मगरेको प्रमुख आतिथ्यता एवं सहयोग सँकलन समितिका संयोजक तथा मगर संघ युकेका खेलकुद सचिव बिष्णु घर्ती मगरको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस अवसरमा सहयोग हस्तान्तरण गर्दै संयोजक घर्ती मगरले आफुहरुले गरेको सहयोग सही काममा प्रयोग गर्न आग्रह गरेका थिए ।

नमुना मगर ग्रामले प्राप्त भएको सहयोग मगर ग्रामको तालिम हल सञ्चालन र भ्यू टावर निर्माणमा खर्च गर्ने जनाएको छ । मगर ग्रामका समन्वयकर्ता भोला अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष केएल पिडित, दाङ निर्माण ब्यवसायि संघका बरिष्ठ सल्लाहकार प्रताप शाह, नेपाल मगर संघ दाङका अध्यक्ष सितलाल पुन मगर लगायतले पर्यटकिय क्षेत्र सवारीकोटको विकासका निमित्त सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताएका थिए ।

त्यस अवसरमा स्थानियवासी तथा शिक्षक धर्मबहादुर पुन मगरले धन्यवाद ज्ञापन र, कार्यक्रमको सहजिकरण पत्रकार निमुसंगम घर्तीले गरेका थिए  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %