विनोद रखाली मगर
माघ ७, गल्याङ् – आदिवासी जनजाति समन्वय परिषद् निवुवाखर्क गाविसको आर्थिक वर्ष ७१, ७२ अन्तरगर्त लक्षित वर्ग अन्तरगतको आर्थिक व्यवस्थापनमा आदिवासी जनजाती शसक्तिकरण तथा नेतृत्व विकाश तालिम स्याङ्जाको निवुवाखर्कमा सुरु भएको छ ।
तालिमको उद्धघाटन गर्दै नेपाल मगर संघ स्याङ्जाका सचिव लोकेन्द्र तराँमु मगरले पहिचान सहितको सङ्घिय सविंधान निमार्णमा आदिवासी जनजातीको ध्यान केन्द्रित भएको जनाउदै तालिमले आदिवासी जनजाती युवा वर्गलाई सुसोचित वनाउदै आफ्नो पहिचान रक्षामा वल पुर्याउन कोशे ढुङ्गा सावित हुने चर्चा गरे ।
कार्यक्रमकै अवशरमा नेपाली कङ्ग्रेस निवुवाखर्क गाविसका सभापति केशव न्यौपाने , एमाओवादीका पार्टी प्रतिनिधि भिम प्रसाद न्यौपाने , शिक्षक संघका क्षेत्रिय सभापति ढाकाराम अर्याल , सहजकर्ता जि.वी राना मगर , लगाएतले वोलेका थिए । निवुवाखर्क गाविसका करिव ५० युवाहरुको सहभागिता रहेको तालिममा जि.वी राना मगर र गुप्त राना मगरले सहजीकरण गर्ने आयोजकको भनाई छ । तालिम ११ गते सम्म सन्चालन हुनेछ ।
आदिवासी जनजाति समन्वय परिषद् निवुवाखर्क गाविसका अध्यक्ष क्या.कर्णविर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन गुप्त राना मगरले गरेका थिए ।
