भू.पू. सैनिक गल्याङ्ले भू.पू. दिवश मनाउने

Read Time:1 Minute, 26 Second

विनोद रखाली मगर

स्याङ्जा , माघ ३ – भू.पू. सैनिक एंव कल्याणकारी संघ क्षेत्र न. ३ स्याङ्जाले भू.पू. दिवश २०७१ को सन्दर्भमा वृहत कार्यक्रम गरी मनाउने भएको छ ।

संघका अध्यक्ष सुवेदार चन्द्रवहादुर रखाली मगर द्धारा जारी प्रेस विज्ञप्तीमा स्याङ्जा क्षेत्र न. ३ अन्तरगतका भू. पू. सैनिक तथा आश्रित परिवारहरुका पेन्सन कागजात तथा अन्य विषयमा आएका समस्या तथा तिनका समाधानका लागी वृहत छलफल तथा भू.पू. सैनिक एकता कार्यकार्यलाई अगाडी वढाउन लागीएको जनाइएको छ ।

पूर्व सैनिक कल्याणकारी महासंघका केन्द्रीय अध्यक्ष कर्णेल धनवहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा स्याङ्जा क्षेत्र न. ३ अन्तरगतका गोर्खा तथा भारतीय तथा नेपाली पूर्व सैनिक तथा तीनका आश्रित परीवारहरुको उपस्थिती रहने जनाइएको छ । आगामी माघ को १० गते हुने उक्त कार्यक्रम नेपाल मगर संघ गल्याङ्को सभाहलमा हुने रखाली मगरको भनाइ छ  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %