देविका घर्ती मगर
दाङ, पुस ३० – द लोटस ट्रेनिङ सेन्टर घोराही दाङले आफ्नो टेनिङ सेन्टरमार्फत इन्टेक सन् २०१५ का लागि भारतिय गोरखा आर्मीमा भर्ती हुन सफल २० जना युवाहरुलाई सेन्टरले पुस ३० घोराहीमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा बिदाई गरेको हो ।
त्यस अवसरमा इन्टेक २०१५ का लागि भारतिय गोरखा आर्मीमा सेन्टरमार्फत भर्ती भएका विशाल वली, हिमाल बस्नेत, जीवन पुन मगर , ताराबहादुर रोका मगर, आशिष बुढा मगर, उपेन्द्र चन्द ठकुरी, बालकुमार बुढा मगर, जमानराज बुढा मगर, शिलास बुढा मगर, सागर रोका मगर, विवेक थापा मगर, विवेक पुन मगर, राजकुमार रोका मगर, सुरेश परियार, जेदुराम रोका क्षेत्री, सन्दीप बस्नेत, सन्दिप बिक, आकाश रोका मगर, ज्ञानकुमार बुढा मगरलाई सम्मान गर्दै विदाई गरिएको हो ।
यस्तै त्यस अवसरमा बृटिस गोरखा आर्मीमा टेर्निङमार्फत भर्ती भएका उमेश पुन मगर र मध्यपश्चिममै पहिलोपटक थारु समुदायबाट भर्ती हुन सफल गँगापरस्पुर निवासी इनरदेव चौधरीका बुवा रामचन्द्र चौधरीलाई सम्मान् गरिएको थियो ।
यस्तै त्यस अवसरमा इन्टेक २०१२ का लागि भारतिय गोरखा आर्मीमा भर्ती भएका खीमबहादुर पुन मगर, आयुष मल्ल र विदुर भट्टराई हरू पनि सम्मानित भएका थिए । लोटस टेर्निङ सेन्टरका संस्थापक तथा सञ्चालक निराजन भण्डारीको अध्यक्षता तथा भारतिय गोरखा आर्मीका पुर्व सुवेदार मेजर तथा डिष्ट्रिक सोल्जर बोर्ड चौघेरा दाङका इञ्चार्ज सोबिलाल पुन मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सेन्टरका कानुनी सल्लाहकार घनश्याम थापाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले फोर्स लाइन भनेको अनुशासन, लगन र इमान्दारिताबिना सफल हुन नसकिने बताउँदै यसक्षेत्रमा पनि पढेलेखेकाहरुको सम्भावना राम्रो हुने भएकाले सकभर पढाईलाई निरन्तरता दिन आग्रह गरेका थिए । त्यस अवसरमा भारतिय गोरखा आर्मीका पुर्व सुवेदार मेजर खगेश्वर घर्ती मगर, भर्खरै भारतिय गोरखा आर्मीमा भर्ती भएका सन्दिप बिक, अभिभावक बलबहादुर रोका मगर, पुर्व भारतिय गोरखा आर्मी विपिन्द्र रोका मगरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण किसनदेव थापा मगरले गरेका थिए ।
