गोबिन्द घर्ती मगर
पुष ३० । राजनैतिक सहमति नभए प्रक्रियामा गएर भएपनि समयमै संविधान जारी गर्नुपर्ने क्षेत्र नं रुपन्देहीका सभासद अव्दुल रजजाले बताएका छ्न । नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहेका सभासद रज्जाकले तोकिएको समयमा राजनैतिक सहमतिमा संविधान बन्नै नसक्ने ठोकुवा गर्दै प्रक्रियाबाट संविधान बनाउनुको विकल्प नरहेको बताए । सभासद रज्जाकले १ बर्ष भित्रमा संविधान दिन्छौ भनेर सबै पार्टीका दलले घोषणापत्रमा हस्ताक्षर गरेपनि अहिले आएर विपक्षी दलका कारण समयमै संविधान बनाउन कठिनाई भएको बताए ।
भविष्य निर्माण उच्च माविको ३० औं अभिभावक दिवस तथा बार्षिकोत्सव समारोहको उद्घाटन गर्दै रज्जाकले उक्त कुरा बताएका हुन । रज्जाकले लोकतन्त्रलाई संस्थागत नगर्दा सम्म शिक्षा क्षेत्रले फड्को मार्न नसक्ने हुदा लोकतन्त्रलाई संस्थागत गर्न सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर विरकट्टाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका प्रमुख टेकबहादुर थापा, नेपाल शिक्षक युनियन रुपन्देहीका अध्यक्ष सोमनाथ गिरी, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष ऋषिश्वर अर्याल, केरवानी उपस्वास्थ्य चौकीका प्रमुख ईश्वरीप्रसाद ढुंगाना, नेकपा एमालेका पदम थापा, लगायतले आ–आप्mना भनाई राखेका थिए ।
विद्यालयका सहायक प्राचार्य झविन्द्र पाण्डेको सञ्चालन र शिक्षक दलबहादुर थापाको स्वागतमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रअ गनपत प्रसाद गुप्ताले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
