बागलुङे मगरले स्याङ्जामा माघे सकराती मनाउने

Read Time:1 Minute, 27 Second

रूद्र श्रीसमगर

पोखरा, २८ पुस

बागलुङ जिल्लाका विभिन्न भूभागबाट आइ पोखरा उप–महानगरपालिका तथा लेखनाथ नगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने बागलुङे मगरहरूले यस वर्षको माघे सकराती पर्व सामूहिक रूपमा मनाउने भएका छन् ।

बागलुङ–पोखरा मगर समाजको आयोजनामा गत वर्षदेखि बागलुङे मगरहरूले आफ्नो सांस्कृतिक चाड माघे सकराती सामूहिक रूपमा मनाउन सुरु गरेका हुन् । यस वर्ष पोखरा उप–महानगरपालिकामा थपिएको नयाँ वडा वडा नम्बर २७, स्याङ्जा (हेम्जा) स्थित सुन्दरपुरी डाँडामा सामूहिक माघे सकराती पर्व मनाउन लागिएको समाजका अध्यक्ष मेखबहादुर छन्त्याल मगरले जानकारी दिए ।

आफ्नै मौलिक परम्परा अनुसार कास्की जिल्लामा बसोबास गर्ने बागलुङे मगरहरू बीच आपसी एकता र सम्बन्ध विस्तार एवं संस्कृति संरक्षणका लागि माघे सकराती पर्व मनाउन थालिएको अध्यक्ष छन्त्यालको भनाइ छ । माघे सकराती पर्व मनाउनका लागि तयारी समेत भइरहेको समाजले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %