देब पचभैया
मगर ढुट मगर लोयाट भाग- ६
रेडियोमा मगर समुदायमा प्रचलीत रमाइला मगरी झ्याउरे र सालैजो भाका
पाल्पा जिल्लाको सदरमुकाम तानसेन देखि १३ किलोमीटर उत्तरमा पर्ने खानीगाउ गाबिस वडा नम्बर ३ मा पर्ने कल्लाबारी गाउ पहिले सालैजो र झाम्रे गीत गाईने गाउँको रुपमा निकै परिचित थियो ।
२७ घर बढी मगरको मात्रै घर भएको कल्लाबारीमा केही चाडबाड आयो भने तीन , चार दिन सम्म सालैजो र झ्याँउरे नाँचेर रमाईलो हुन्थ्यो । तर आजकाल मगरी पहिचान बनेको सालैजो भाका , झ्याँउरे, ठुलो नाँच जस्ता सास्कृतिक नाँच गान हुन छाडेको छ , कल्लाबारीमा पुराना पुस्ता सकिदै गएका छन् भने युवापुस्तालाई सालैजो र मगरी सस्कृतीप्रती त्यति चासो छैन ।यसै बिषयमा केन्द्रित रहेर श्री नगर एफ एमका स्टेसन म्यानेजर पत्रकार देब पचभैया मगरले तयार पारेको रिपोर्ट । तल अडियोमा थिँचेर एकै साथ रमाइला गफ , सालैजो,झ्याँउरे, ठुलो नाच जस्ता पुरानो तर मिठा मिठा गीत सुन्नुहोस ।
साथमा मगर भाषामा कुराकानी र (Basic) मगर भाषा कसरि बोल्ने? रेडियोमा सुन्नुहोस अनी बोल्नुहोस है ।
ml6.mp3
