बन्दको पूर्व सन्ध्यामा पोखरामा निकालियो मसाल जुलुस

Read Time:2 Minute, 1 Second

रूद्र श्रीसमगर

पोखरा, २७ पुस

नेकपा–माओवादीले दोस्रो संविधानसभाको विघटन गरी तत्काल अधिकार सम्पन्न सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा आयोजना गर्न माग गर्दै सोमबार तमुवानसहित मगरात र अवध राज्य बन्दको आहवान गरेको छ ।

बन्दको पूर्व सन्ध्यामा आइतबार साँझ नेकपा–माओवादी कास्कीले मसाल जुलुस समेत निकालेको छ । शिवालयचोकस्थित माओवादी पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुस सिर्जनाचोक, सभागृहचोक हुँदै लखनचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा–माओवादीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक हरिबहादुर चुमान ‘अजित’ले बन्दलाई सफल बनाउन सहयोग गर्न सबैसँग अपिल गर्नुभयो । वर्तमान संविधानसभाबाट जनताको संविधान नबन्ने दाबी गर्दै नेता अजितले तत्काल संविधानसभा विघटन गरी सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा आयोजना गर्न माग गरे ।

मसाल जुलुसमा माओवादी पोलिटब्यूरो सदस्य इन्द्रमोहन सिग्देल ‘वसन्त’, केन्द्रीय सदस्य एवं तमुवान राज्य संयोजन समितिका इञ्चार्ज श्रीनाथ अधिकारी ‘श्याम’, केन्द्रीय सदस्य एवं तमुवान राज्य संयोजन समितिका सेक्रेटरी यशोदा सुवेदी ‘प्रभा’, केन्द्रीय सल्लाहकार लोकबहादुर थापामगरलगायतका माओवादी नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %