देव पचभैया
२७ पुस,
पौराणिक कालदेखि पवित्र तीर्थस्थलका रुपमा परिचित गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रुरुक्षेत्रमा माघे मेलाको तयारी सुरु भएको छ ।
‘रिडी’क्षेत्रको मेलाका लागि तीनै जिल्लाका विभिन्न सङ्घसंस्था, तीन वटै गाविस, युवा क्लब, आमा समूहलगायत स्थानीय अगुवाहरु मेलालाई व्यवस्थित र भव्य बनाउन तयारीमा जुटेका छन् । सो पवित्रस्थलमा हरेक माघे सङ्क्रान्तिका अवसरमा पाँच दिनसम्म धार्मिक मेला लाग्ने गर्छ ।
आउँदो माघे सङ्क्रान्तिका अवसरमा पीठमा पूजाआजा, महायज्ञ, विभिन्न जातजातिका संस्कृति झल्कने लोकनृत्य, झाँकीसहित राष्ट्रिय लोकदोहोरी तथा बृहत् सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिने रुरु फ्रेन्डस् क्लबका अध्यक्ष हिमाल श्रेष्ठले जानकारी दिएका छन ।
