दिनप्रति अवैध यौन धन्दा मौलाउँदै

Read Time:4 Minute, 54 Second

गोविन्द घर्ती


देवदह-रुपन्देहीको देवदह क्षेत्रमा दिनप्रति अवैध यौन धन्दा हुने गरेको छ । देवदह क्षेत्रमा संचालनमा रहेका विभिन्न होटल, रेष्टुरेष्ट तथा गेष्टहाउसहरुमा दिनप्रतिदिन अवैध यौन धन्दा हुने गरेको खुलासा भएको छ । देवदह क्षेत्रमा संचालनमा रहेका होटल, रेष्टुरेष्ट तथा गेष्टहाउसहरुमा यौन क्रियाकलाप हुने गरेको समाचार श्रोतले जनाएको छ । अवैध यौन कार्यमा अधिकाश यु्वायुतीहरु संलग्न रहेको र उनीहरु दिनदहाडै होटल तथा रेष्टुरेष्टमा पसेर अवैध यौन क्रियाकलाप गर्ने गरेको खुलासा भएको छ ।

विभिन्न क्षेत्रबाट आएर देवदहमा अवैध यौन क्रियाकलाप गरी साझ आ–आफनो घरमा जाने गरेको स्थानीयवासीको भनाई रहेको छ । यौनकर्मीहरु स्कुल तथा क्याम्पस ड्रेसमै रहेर यौन क्रियाकलाप गर्ने गरेको प्रहरीको भनाई रहेको छ । होटल तथा रेष्टुरेष्टमा कहिले काही छापा मारेपनि अवैध यौन क्रियाकलापका घटनाहरुलाई न्यूनिकरण गर्न नसकिएको प्रहरीले जनाएको छ । स्कुल तथा क्याम्पसको ड्रेसमा आउने र आफनो ग्राहकले बोलाएको रेष्टुरेष्टमा गई यौन क्रियाकलाप गरी जाने गरेको स्थानीयवासीको भनाई रहेको छ । आफुहरुले थाहा पाए सम्म त्यस्ता क्रियाकलापालाई रोक्ने प्रयास गरेपनि स्थानीयवासीले आफुहरुलाई कुनै जानकारी नदिदा अवैध यौन क्रियाकलापका कार्यहरु रोक्न अफठ्यारो भएको प्रहरीको भनाई रहेको छ ।

अवैध यौन क्रियाकलाप गरेको थाहा पाएमा प्रहरीलाई जानकारी गराउने र अवैध यौन क्रियाकलाप गर्न नदिन स्थानीयवासी समेत सचेत हुनु पर्ने प्रहरीको भनाई रहेको छ । देवदह क्षेत्रमा अवैध यौन क्रियाकलाप भएपनि प्रहरी प्रशासन र सम्वन्धित निकायले यस्ता गलत क्रियाकलाप गर्नेहरुलाई कार्वाही गर्न नसकेको स्थानीयवासीको भनाई रहेको छ । होटल, रेष्टुरेष्ट तथा गेष्टहाउसमा मात्र नभई सामाजिक भवन, खुल्ला मैदान तथा जंगल क्षेत्रमा समेत अवैध यौन क्रियाकलाप गरेको अवस्थामा फेला पर्ने गरेको छ । बेरोजगारका कारण अवैध यौन क्रियाकलाप हुने हुदा राज्यले देशमा औधोगिक अवधारणा ल्याउन सके यस्ता अनैतिक क्रियाकलाप हट्न सक्ने देवदह उद्योग व्यापार संघका अध्यक्ष गोविन्द ठड्राईको भनाई रहेको छ ।

होटल, रेष्टुरेष्ट तथा गेष्टहाउसले आफुहरुको व्यवसाय संचालन गर्नको निम्ति यस्ता अवैध यौन व्यवसाय गराउने गरेको भएपनि प्रशासन भने मौन बस्ने गरेको पाईन्छ । आफुहरुले व्यवसायी चलाउनको लागि ग्राहकलाई होटलमा कोठा दिने गरेको एक होटल व्यवसायीको भनाई रहेको छ । देवदह क्षेत्रमा भईरहेको अवैध यौन क्रियाकलाप रोक्न स्थानीय स्तरमा सचेतना फैलाउनु पर्ने देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल ढकालको भनाई रहेको छ ।

अनैतिक क्रियाकलापले देवदह क्षेत्रको नै बेईज्यत हुने भएकोले यस्ता अवैध यौन क्रियाकलापलाई सवै मिलेर रोक्नु पर्ने देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्गको भनाई रहेको छ । अवैध यौन क्रियाकलाप रोक्न प्रशासनले विशेष पहल गर्नु पर्ने देवदह क्षेत्रमा रहेका विभिन्न संघसंस्था तथा स्थानीयवासीले पनि सहयोग गर्नु पर्ने अध्यक्ष गुरुङ्गले बताए । अवैध यौन क्रियाकलाप रोक्न सम्वन्धीत निकायले बेलैमा पहल गर्न जरुरी देखिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %