गोविन्द घर्ती
देवदह पौष २८-
तोकिएको समयमा सार्थक संविधान निर्माण गर्नु पर्ने राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य दलबहादुर विरकट्टाले बताएका छन । जातीय पहिचान सहीतको संघीय संविधान निर्माण देशमा शान्ति स्थापना गर्नु पर्नेमा जोड दिए । विरकट्टाले नेपाली काग्रेस र एमालेको सरकारले देश मुठभेत तर्फ लैजान खोजेको आरोप लगाएका छन । राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देहीले भैरहवामा आयोजना गरेको कोण सभामा बोल्दै विरकट्टाले उक्त कुरा बताएको हो । नेता विरकट्टाले दलहरुको अह्मताका कारण पहिचान सहीतको संघीयताको संविधान निर्माण हुन नसक्ने बताउनु भयो ।
उहाले देशमा स्थाई शान्तिको लागि संविधान आवश्यक रहेको औल्याएका थिए । संघीयता सहीतको संविधान निर्माण नहुदा सम्म राष्ट्रिय जनमुक्ति पार्टीले आन्दोलन नरोक्ने बताए । सोही कार्यक्रममा बोल्दै राष्ट्रिय युवा मोर्चाका जिल्ला अध्यक्ष दलबहादुर थापाले ठूला राजनैतिक दलका नेताहरुका कारण देशमा बेरोजगार बढ्दै गएको युवाहरु विदेश पलायन हुन वाध्य भएको बताए । युवाहरुलाई विदेश पलायनबाट रोक्नको लागि देशमा संविधान निर्माण गरी शान्ति स्थापना कायम गर्नु पर्नेमा जोड दिए ।
राष्ष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीले समयमै पहिचान सहीतको संघीय संविधान निर्माण गर्न दवाव दिने उद्देश्यले रुपन्देहीको देवदह खैरेनी देखि मोटरसाईकल ¥यालीको आयोजना गरेको हो । खैरेनी देखि शुरु भएको मोटरसाईकल ¥याली बुटवल, जिल्ला प्रशासन कार्यालय हुदै भैरहवाको बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गको नेतृत्वमा भएको मोटरसाईकल ¥यालीमा पार्टीका नेता, कार्यकर्ता तथा पहिचान पक्षधरहरुको सहभागिता रहेको थियो । कोणसभालाई पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गले समापन गरेका थिए ।
