मगर जातीको महान चाड मकरसंक्रान्ती माघ १ मा

Read Time:1 Minute, 30 Second

दिपा आले मगर

  काठमाडौं पुष २६ – मगर जातीको महान चाड मकरसंक्रान्ती एवं माघेसंक्रान्ती माघ १ गते भब्यरुपमा मनाउने उद्देश्यले आज तयारी बैठक सम्पन्न भएको छ ।

मगर संघ केन्द्रीय समितिको कार्यालयमा बसेको बैठकमा मगर जातीको महान पर्व माघेसंक्रान्तीलाई भब्य रुपमा मनाउनकोलागि तयारी बैठक बसेको हो । तयारी बैठकमा संघका भातृसंस्थाहरुको सहभागीता थियो । सबै भातृसंस्थाहरुलाई उक्त दिनको तयारीकोलागि कामको बांडफांड गरिएको छ ।

  संघका अध्यक्ष महेन्द्र थापामगरका अनुसार माघेसंक्रान्ती पर्वको तयारी अन्तीम चरणमा पुगेको छ । उनले माघ १ गते खुल्ला मञ्चमा कार्यक्रम हुने भएको जानकारी दिदैं उक्त दिनमा सबै मगरहरुले आ-आफ्नो भेषभुषामा सजिएर आउनु पर्ने  बताए ।

माघेसंक्रान्ती चाडको उद्घाटन सम्माननीय प्रधानमन्त्रीज्यूले गरिने जानकारी दिदै सबै मगर समुदाय र गैरमगर समुदाय १० बजे खुल्लामञ्चमा आइपुग्नु पर्ने बताए ।

 

(बैठकमा आ-आफ्नो धारणा राखदै सहभागी सदश्यहरू )

फोटो: दिपा आले मगर

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %