सर्बपक्षीय संविधानको माग गर्दै जनजाति आन्दोलित

Read Time:2 Minute, 27 Second

देब पचभैया

काठमाडौं, २४ पुस

अब बन्ने नया संंविधानमा जातीय, भाषिक, ऐतिहासिक, सांस्कृतिक, लगायतका अधिकारलाई सुनिश्चित गर्न माग गर्दै आदिवासी जनजातिहरु निरन्तर आन्दोलनमा उत्रिएका छन् । चरणबद्ध आन्दोलनमा उत्रिएका आदिवासी जनजातिहरुले सर्बपक्षीय संविधानको माग गर्दै तीनदिने ‘अकुपाई बानेश्वर’ को प्रदर्शन विहिबार सफल रुपमा सम्पन्न गरेका हुन् । ‘अकुपाई बानेश्वर’ को जनमासलाई सम्बोधन गर्दै जनजाति अगुवा मल्ल के सुन्दरले जनजाति अन्दोलन जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक र भैगोलिक अधिकारका लागि भएको बताए । उनले अल्पसंख्यकहरुले बहुसंख्यक आदिवासी जनजातिमाथी एकल जातीय, एकल भाषिक, एकल धर्म र एकल पहिचानलाई लादिरहेको स्मरण गराउदै अब त्यो संभव नहुने बताए । ‘यो राज्यमा बहुसंख्यक आदिवासी जनजातिको पहिचान सहितको संघीय संविधानको विकल्प छैन ।’ उनले भने । ‘अकुपाई बानेश्वर’ अभियानमा एनेकपा माओवादी नेतृ हिसिला यमी, नेकपा माओवादी बैद्यपक्षका नेता सुरेश आलेमगर लगायतका नेताहरुको उपस्थिती रहेको थियो । अभियानमा नेवा, थरुहट, किरात, मगरात, शेर्पा लगायतका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले माघ ८ गतेसम्म दोस्रो चरणको आन्दोलन निरन्तर गर्ने यसअघिनै जनाएको छ । यसैबीच नेपाल आदिवासी जनजाति महासंघले पहिचानसहितको संघीय संविधानको माग गर्दै शुक्रबार (भोली) बृहत धर्ना कार्यक्रमको आयोजना गर्दैछ । संविधानसभा भवन अगाडी मध्यान्न १२ बजेबाट हुने बृहत धर्ना कार्यक्रमलाई सफल बनाउन उपस्थितीका लागि सम्पूर्णमा आदिवासी जनजाति महासंघले अनुरोध समेत गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %