देव पचभैया
पाल्पा, २४ पुस-निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल पाल्पाले मंगलबारदेखि संचालन गरेको विद्यालयस्तरीय क्रिकेट र छात्रा भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
बिहिबार सम्पन्न भएको प्रतियोगितामा क्रिकेट तर्फ न्यु होराईजन उच्च माबि तानसेन पहिलो भएको छ भने रामपुर बोर्डिंग स्कुल दोश्रो भएको छ । त्यस्तै महिला भलिबल प्रतियोगितामा प्रिपरेटोरी बोर्डिंग स्कुल पहिलो भएको छ भने माउण्ट भेली बोर्डिग स्कुल दमकडा पाल्पा दोश्रो भएको छ । प्रतियोगितामा क्रिकेटतर्फ १४ र छात्रा भलिवलतर्फ ९ बिधालयको सहभागिता रहेको थियो ।
बिजेता समुह र खेलाडीहरुलाई टुडिखेल मैदानमा एक कार्यक्रमको आयोजना गरी पाल्पाका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की लगाएतका पाहुनाहरुले पुस्कार एबं प्रमाणपत्र प्रदान गरेका थिए ।
पुरस्कार बितरण कार्यक्रममा ब्याब्सन पाल्पाका पुर्ब अध्यक्ष भेष राज सुबेदी, ब्याब्सनका केन्द्रिय सदस्य खेम सारु, पत्रकार महासंघ पाल्पाका सभापति राजेश कुमार अर्याल, जिल्ला शिक्षा अधिकारि टोप बहादुर श्रेष्ठ, ब्याब्सनका केन्द्रिय सदस्य खेम सारु, प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की लगाएतले बोलेका थिए । पुरस्कार बितरण कार्यक्रममा बोल्ने बक्ताहरुले बिधार्थीहरु लाई किताबी ज्ञान संगै अतिरिक्त ज्ञानहरु पनि प्रदान गर्नुपर्नेमा जोड दिदै खेल क्षेत्रमा बढी ध्यान दिदा समग्र स्वास्यलाई पनि फाईदा हुने बताएका थिए ।
प्याब्सन पाल्पाका अध्यक्ष सुर्य घिमिरेको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार बितरण कार्यक्रम प्याब्सन पाल्पामा उपाध्यक्ष भरत न्यौपानेको स्वागत, सचिब महेशमान बज्राचार्यको संचालनमा सम्पन्न भएको थियो ।
