देब पचभैया
काठमाडौं, २२ पुस
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दोलखा शाखाका सदस्य एवं तामाङ संचार समूका उपाध्यक्ष फुर्वा तामाङमाथी भौतिक आक्रमण भएको छ । आफ्नो दैनिकी सकी सा“झ घर फर्कने क्रममा पत्रकार तामाङमाथी आक्रमण भएको हो । कालिञ्चोक सन्देशमा कार्यरत तामाङमाथी लांकुरीडांडा स्थित आफ्नो घरतर्फ जा“दै गरेको बेला सोही गाविसको झिंगाने भन्ने स्थानमा सोमबार सा“झ ७.०० बजेतिर केहि ब्यक्तिले बाटो ढुकी आक्रमण गरेका हुन् ।
आक्रमणमा परी तामाङको टाउकोमा गहिरो चोट लाग्नुका साथै गोडामा समेत चोट लागेको छ । उक्त घटनाको घोर भत्र्सना गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले प्रेस विज्ञप्ती जारी गरेको छ । ‘यस घटनाको घोर भत्र्सना गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारबाहीका लागि जोडदार माग गर्दछौं ।’ विज्ञप्तीमा भनीएको छ । यसैबीच फोनिज दोलखाले पनि प्रेस विज्ञप्ती जारी गरी घाइते पत्रकार तामाङको उपचार तथा घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।
