बढैयाताल महोत्सव तयारी अन्तिम चरणमा

Read Time:3 Minute, 45 Second

देब पचभैया

बर्दिया-पौष २२

बर्दियाको बढैया तालमा यसपटक पनी माघि, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन् । थारु समुदायको बाहुल्य भएको बढैया क्षेत्रमा सञ्चालन हुने महोत्सवले तालको संरक्षण तथा थारु संस्कृतीको संर्वद्र्वन गर्ने उद्वेश्य लिएको आयोजकले जनाएको छ ।
पत्रकार सम्मलेनमा बोल्दै मेलासचिव भावुक आचार्यले मेला सम्पूर्ण तयारी अन्तिम चरणमा पुगिसकेको बताए । मेलाका प्रचार प्रमुख प्रदिप बाग्लेले मेला असफल बनाउन केहि व्यक्तिहरुबाट प्रयास भएपनी मेला यथावत रहने जानकारी दिए । बढैयाताल महोत्सवमा १५० स्टल, बाल उद्यान, कृषि प्रर्दशनि, थारु नृत्य प्रतियोगिता, झाकी तथा दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारको हास्यब्यङ्ग तथा सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
यसअघि महोत्सव रोक्न अन्तरिम आदेश माग गर्दै, अघिल्लो बर्ष सोही स्थानमा मेला आयोजक समेत रहेका अधिबक्ता ठाकुर सिंह थारुले पुनराबेदन अदालतमा दायर गरेको रिट उपर सोमबार न्यायधिश रामकृष्ण भट्ट र दिनेश प्रसाद यादवको सयुक्त इजलासले महोत्सव संचालन गर्ने गरी अन्तरिम आदेश जारी गरेपछि निर्धारित मिति मै महोत्सव संचालन हुने भएको हो ।
पर्यटकिय संभावना बोकेको बर्दियाको बढैया ताल लाई राष्ट्रिय तथा अन्तराष्टिय रुपमा चिनाउन बढैया ताल माधी ,कृर्षि तथा पर्यटन महोत्सबको आयोजना गरिएको हो । महोत्सवमा थारु परिकार, घोगि, टिकरी, गगटा, झिगा माछा खान पाईनुका साथै, स्थानिय तथा उन्नत जातका माछाको अवलोकन, आगन्तुक तथा स्थानिय चराहरुको अवलोकन गर्न पाईने मेला आयोजक समितीका संयोजक अमर थारुले बताए । साथै मेलामा कृर्षि उपज प्रद्धसनि थारु नृत्य तथा झाकि, राष्टिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति सुन्न तथा हेर्न पाईने थारुले बताए । साथै मेलामा कृर्षि उपकरणहरु समेत प्रद्धसनिमा राखिने छ ।
थारुले नायक राजेश हमाल नायिका रेखा थापा, लोक गायक पशुपति शर्मा, रामजि खाँड, टिका पुन शिव परियार,पुर्ण कला बिसी हास्य कलाकार घुमुस सुन्तली, कलम खत्रि र गोपाल नेपाल जि एम र चित्र प्र आचार्यले आ आफ्नो प्रस्तुति देखाउने बताए ।
१ सय ८ बिगाहा क्षेत्रफलमा फैलिएको प्राकृतिक ताल मा बिस्वमै दुर्लभ सारस, लगायत दर्जनौ प्रकारका पानि हास लगायतका चरा चुरुङ्गिको बास स्थल हो । यस अघि २०६९ सालमा पहिलो पटक बढैया तालमा महोत्सको आयोजना गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %