जनजातिहरु बानेश्वर कब्जा गर्दै, पहिचानको मुद्दा पहिलो प्राथमिकतामा

Read Time:2 Minute, 43 Second

देब पचभैया

काठमाडौं, २२ पुस
पहिचानको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर जनजातिहरुले अकुपाई बानेश्वर अभियान शुरु गरेका छन् । लिम्बुवान, किरात, ताम्सालिङ लगायत जातीय पहिचान सहितको संघीय राज्यको माग गर्दै उनीहरुले अकुपाई बानेश्वर शुरु गरेका हुन् । ईतिहासदेखि आफ्नो थाकथलो, भाषा, संस्कृति लगायतका छुट्टै पहिचान बोकेका देशको ३७ प्रतिशत जनसंख्या ओगटेको आदिवासी जनजातिलाई राज्यले उपेक्षा गरेको भन्दै राज्यको हरेक अंङ्ग, तह र तप्कामा आफुहरुलाई पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने जनजातिको माग छ ।
धर्म निरपेक्षतालाई संस्थागत गर्नुपर्ने, समानुपातिक निर्वाचन प्रणाली सुनिश्चित गर्नुपर्ने लगायत ९ बुदे माग सहित आदिवासी जनजातिहरु दोस्रो चरणको आन्दोलनमा उत्रिएका हुन् । अभियानमा सहभागी जनजाित अगुवाहरुले आफ्ना हकअधिकार सुनिश्चित गर्न आफुहरु अभियानमा लागेको बताए । आदिवासी जनजातिसंग विगतमा भएका सहमति र संम्झौताहरु राज्यपक्षबाट कार्यान्वयन नभएकोप्रति आक्रोश ब्यक्त गर्दै जनजातिहरुले प्राकृतिक श्रोत र साधनमाथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नुपर्ने बताए । अभियानमा आन्दोलनका प्रवक्ता प्राध्यापक डाक्टर ओम गुरुङ, जनजाति अगुवा पर्शुराम तामाङ, जनजाति महिला महासंघका अध्यक्ष शान्ति जिरेल, जनजाति युवा महासंघका अध्यक्ष ज्ञानेन्द्र पुन लगायको उपस्थिती रहेको थियो ।
आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले सुरु गरेको अकुपाई बानेश्वरमा लिम्बु र किरात जातिको सांस्कृतिक नाच साकेलामा ढोल झ्याम्टा बजाएर सहभागीहरुले सहभागीता जनाएका छन् । अकुपाई बानेश्वरमा पुस २४ गतेसम्म विहान ११ बजेदेखि बेलुका ४ बजेसम्म जनजातिहरुले प्रदर्शन गर्ने बताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %