जातिय सस्थाका प्रमुखहरुले भने , मान्य हुने संबिधान ल्याउन मिती सार्दा फरक पर्दैन ।
देब पचभैया
पाल्पा, पौष २२ – राष्ट्यि जनमुक्ती पार्टी पाल्पाको आयोजनामा तानसेनमा नया संबिधान र पुर्ण संघियता बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्र्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सबैलाई मान्य हुने संघिय गणतन्त्रात्मक संबिधान जारी गर्न माग गरेका छन् । सहमतिको आधारमा बनेको संबिधानले मात्रै सबैको भावनालाई समेट्न सक्ने भन्दै उनीहरुले दलहरु मिलेरै संबिधान जारी गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्यि जनमुक्ती पार्टीका उपमहासचिब टोप अस्लामीले
बिभिन्न बाहानामा सबैलाई अधिकार दिने सवालमा दलहरु चुक्दै गएकाले आफुहरुले जिल्ला जिल्लाबाट खबरदारी गरिरहेको बताए ।
नया संबिधानमा पुर्ण संघियता हुनुपर्नेमा जोड दिदै उनले संबिधान निर्माणको समय भएकाले अधिकारको लागी सचेत नागरिक चनाखो हुनुपर्नेमा जोड दिए ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै एमाओबादीका केन्द्रिय सदस्य तथा पाल्पा प्रमुख बसन्त शर्मा, नेपाली काग्रेस पाल्पाका सचिब अजय कर्मचार्य,नेकपा एमालेका नेता एबं पुर्ब सांसद यादब बहादुर रायमाझी, राप्रपा पाल्पाका अध्यक्ष डुल बहादुर कुंवर, नेकपा माओबादीका जिल्ला सचिब गिर बहादुर थापा लगाएतका नेताहरुले बिगतका सहमतिलाई आधार मानेर संबिधान निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
सबैको सहमतिमा संबिधान जारी गरेमात्रै संबिधान दिगो हुने भन्दै हतारमा अमान्य संबिधान ल्याउनु भन्दै सबैलाई मान्य हुने संबिधान ल्याउनको लागी माघ ८ को समय सिमा सारेर भएपनि संबिधान जारी गर्न आफुहरुले केन्द्रमा दबाब दिएको बताएका छन् ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहा , मगर महिला संघ पाल्पाका अध्यक्ष पुष्पा थापा लगाएतका जातिय संस्थाका प्रमुख हरुले हतारमा अमान्य संबिधान जारी गर्नुभन्दा आफुहरुको माग अनुसारको संबिधान जारी गर्न माघ ८ पछि भएपनि संबिधान ल्याउन माग गरे ।
शयौ बर्ष देखि अधिकार बाट बन्चित भैरहेका बेला दुई चार महिना पछि अधिकार सुनिश्चित हुने संबिधान आउछ भने आफुहरु त्यो समय कुर्न तयार रहेको उनिहरुको भनाई थियो ।
अमान्य संबिधान हामीलाई चाहिदैन, मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहाले भने पहिचान र सार्मथ्यलाई समेट्ने एकल जातिय संघियता चाहिन्छ ।
राष्ट्रि जनमुक्ती पार्टी पाल्पाका अध्यक्ष खुम बहादुर सिंजालीको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा पार्टीका संघिय सभा सदस्य केहरसिंग रानाको स्वागत र गम बहादुर थापाको संचालनमा कार्यक्रम भएको थियो ।
