तुलसी भञ्ज्याङ गाविसको गाउँ परिषद सम्पन्न

Read Time:3 Minute, 17 Second

विनोद रखाली मगर

गल्याङ् , पौष २१ – स्याङ्जाको तुलसी गाविसको २४ औँ गाउँ परिषद आज सम्पन्न भएको छ ।

  कार्यक्रमको उद्घाटन गर्दै जेष्ठ नागरिक झविलाल अधिकारीले गाविसका योजनाहरुलाई आफ्नो योजना सम्झेर अगाडी वढेको खण्डमा गाउँले मुहार फेर्न सक्ने र उदहरणीय गाउँको पहिचान दिन सकिने  भन्दै सवैलाई त्यस तर्फ ध्यान दिनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस पार्टी प्रतिनिधि विष्णु अधिकारी,नेकपा एमाले तुलसी भन्ज्याङ गाउँ कमिटी अध्यक्ष तिर्थकुमार थापा मगर, एकिकृत नेकपा माओवादी पार्टी प्रतिनिधि हिमला अधिकारी, राप्रपा नेपालका पार्टी प्रतिनिधि विश्वनाथ अर्याल , राष्ट्रिय जनमोर्चाका विष्णु प्रसाद गैह, निर्वतमान गाविस अध्यक्ष सूर्य प्रसाद डुम्रे, स्वतन्त्र पत्रकार संघ केन्द्रीय सदस्य टीकाराम अधिकारी शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना मन्तव्य दिनेमा नेपाल शिक्षक यूनियनका जिल्ला सचिव राजेन्द्रदेव खनाल, तुलसी भञ्ज्याङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष दुर्गा प्रसाद भण्डारी, गोल्कोट उच्च माविका प्राचार्य परसुराम भट्टराई, तुलसी भञ्ज्याङ बाल संरक्षण समितिका अध्यक्ष द्रबेन्द्रदेव खनाल, बालज्योती प्रावि प्रअ सावित्रा कंडेल, तारादेवी प्रावि प्रअ खुम बहादुर बराल, हुलाक प्रावि प्रअ भेमला बराल, सेवाकेन्द्र स्तरीय कृषि सञ्जालका अध्यक्ष रुमला कंडेल,दलित प्रतिनिधि शशिकुमार विक थिए । 

त्यस्तै दलित संग विशेषश्वर सहजकता शान्ति नेपाली, तुलसी भञ्ज्याङ कृषि सञ्जालकी परिचालिका विष्णु पन्थी, कालीका आमा समूहकी सचिव देवका भट्टराई, जनजाति प्रतिनिधि कुबिर गाहा मगर, भूपूसैनिक प्रतिनिधि देउ बहादुर सोमै, युवा प्रतिनिधि छविलाल गाहा मगर,अपाङ्ग प्रतिनिधि सरिता अर्याल, वडा नागरिक मञ्च प्रतिनिधि हिमलाल अधिकारी, अन्तरपार्टी महिला सञ्जाल तुलसी भन्ज्याङकी सचिव सरिता अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा  गाविस सचिव दशरथ उपाध्यायले १८ लाख बरावरको आर्थिक बजेट प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %