गल्याङ्मा ५४७ विरामीहरुले निशुल्क स्वास्थ्य सेवा लिए

Read Time:1 Minute, 53 Second

विनोद रखाली मगर

गल्याङ्, पौष २१ – स्याङ्जाको जगत्रदेवि गाविस–८ गल्याङ्मा सोमबार विशेषज्ञ डाक्टर सहितको एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

  अलका अस्पताल जावलाखेल र जगत्रदेवि पोलिक्लिनिकले संयुक्त रुपमा शिविर आयोजना गरेका हुन । शिविरमा  स्त्रीरोग, नाक कान तथा घाँटी रोग र नसा तथा हाडजोर्नी सम्बन्धी ५४७ बिरामीहरुले सेवा लिएको अलका अस्पतालका अहेव कृष्ण न्यौपानेले जानकारी दिए ।

शिविरमा स्वास्थ्य जाँच सहित निशुल्क औषधी वितरण गरिएको थियो भने निशुल्क रुपमा ल्याब टेष्ट, एक्सरे, ईसिजि समेत गरिएको थियो । उक्त शिविरमा नसा तथा हाडजोर्नी विशेषज्ञ डाक्टर आर्जन केसी, स्त्रीरोग विशेषज्ञ डाक्टर मनिषा बज्राचार्य, जनरल फिजिसियन डाक्टर महेश दहाल सहित डाक्टरहरु सौरभ भण्डारी, अमृत्त बाँस्तोला र मञ्जिता बज्राचार्यको टोलीले स्वास्थ्य जाँच गरेको थियो । 

शिविरमा धेरै पाठेघर सम्बन्धी समस्या बाट पिडित बिरामीले स्वास्थ्य सेवा लिएको जगत्रदेवि  पोलिक्लिनिकका नेत्रप्रसाद पाण्डेले बताए ।

शिविरमा स्याङ्जाको गल्याङ् आसपासका सहित पाल्पाको हुगिँ, गुल्मीको हर्मिचौर बाट समेत बिरामीहरु पुगेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %