सहायक प्रधानाध्यापक भवानीदत्त दोरंगाको बिदाइ

Read Time:1 Minute, 21 Second

विनोद रखाली मगर

गल्याङ्, पौष २१ – त्रिभुवन आर्दश उच्च माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक भवानीदत्त दोरंगाको अनिवार्य अवकासपछि आज बिदाई कार्यक्रमको आयोजना गरिएको छ ।

  बिदाई कार्यक्रममा बोल्दै बिद्यालय ब्यवस्थापन समितिका सदस्य बिष्णुप्रसाद उपाध्याय, प्राचार्य जीवलाल काफले, सहायक प्राचार्य मुक्तिप्रसाद रेग्मी लगायतका शिक्षकहरुले गुरुको ४० बर्षे अध्यापनका आरोह अवरोहका बारेमा बोल्दै आगामी दिन सुखद कार्यकालको कामना गरेका थिए ।  

बिद्यालय ब्यवस्थापन समितिका सदस्य खेमनारायण शमा पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक प्रेमराज पौडेलले संचालन गरेका थिए ।

उक्त कार्यक्रममा शिक्षक बिद्यार्थीहरुले गुरुको योगदानप्रति चर्चा गर्दै गीत, कबिता बाचन गर्नुका साथै सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %