दीपा आलेमगर
काठमाडौं पुष १८ – नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले आज संघका सल्लाहकारहरु संग भेटघाट तथा छलफल गरेको छ ।
माघ १६ र १७ गते दाङ्गको घोराहीमा हुने संघको राष्ट्रिय विस्तारीत भेलालाई केन्द्रीत गर्दै सोही विषयमा छलफल गर्नकोलागि सल्लाहकारहरु संग छलफल गरिएको हो ।
सधैं झै राष्ट्रिय विस्तारीत भेलामा संगठन प्रतिबेदन, आर्थिक प्रतिबेदनलाई केन्द्रीत गर्दै देशभरबाट प्रतिनिधि भएर आएका मगर विद्यार्थीहरुलाई शैक्षिक, आर्थिक, सांस्कृति, सामाजिक, नैतिक, र सम्सामायीक राजनीतिक विषयमा ब्यापक तयारीका साथ प्रशिक्षण दिनु पर्नेमा सल्लाहकारहरुले सल्लाह दिएका थिए ।
माघ १६ र १७ गते दाङ्गको घोराहीमा हुने राष्ट्रिय विस्तारीत भेलालाई भब्य र सभ्य ढंगले सफल पार्न सबै तह र तप्काबाट संघलाई सहयोग गर्नु पर्ने बताएका थिए । साथै भेलालाई सफल पार्न संघका पदाधिकारी र केन्द्रीय सदस्यहरुले सक्रिय भूमिका खेल्नु पर्ने सुझाव दिए ।
सोही भेलालाई भब्य रुपमा सफल पार्न पुष १९ गते दाङ्गको घोराहीमा मगर समुदाय र आदिबासी जनजाति समुदाय, राजनीतिक, सामाजिक क्षेत्रमा आवद्ध संघसंस्थाहरु मगर विद्यार्थी, आदिबासी जनजातिहरु लगायतसंग भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ । साथै विस्तारीत भेलाको जानकारीकोलागि पहिलो चरणको पत्रकार सम्मेलन पनि पुष १९ गते शनिबार गरिने जानकारी संघका केन्द्रीय सदस्य एवं मूल ब्यवस्थापन समितिका संयोजक जुनु बुढामगरले बताए ।
सोही भेलालाई भब्य रुपमा सफल पार्नकोलागि पहिलो चरणको भेटघाट तथा छलफलकोलागि संघका केन्द्रीय अध्यक्ष दिपा आलेमगर र महासचिव गोम बहादुर रानामगर आज नै दाङ्गको घोराही तिर प्रस्थान गरेको संघका सचिव विशाल रानामगरले जानकारी दिए ।
