मल्याङ्कोट गाविसको २३ औं परिषद् सम्पन्न

Read Time:2 Minute, 36 Second

विनोद रखाली मगर

गल्याङ् , पौष १९ – मल्याङ्कोट गाविस स्याङ्जाको २३ औं गाउँ परिषद् सम्पन्न भएको छ ।

परिषद्को उद्धघाटन गर्दै नेपाली कङ्ग्रेसका महासमिति सदस्य शिव कुमार गिरीले विकाशको सुभारम्भ गाउँ देखी गर्नुपर्ने उल्लेख गर्दै गाविसको विभिन्न पुर्वाधार निमार्णमा आफ्नो भुमिका महत्वपूर्ण रुपमा हुने दावि गर्दै सवैलाई विकाश निमार्णमा जुट्न आग्रह गरे ।

कार्यक्रममा नेपाली कङ्ग्रेस क्षेत्र न. ३ स्याङ्जाका सभापति देव वहादुर खाडँले मल्याङ्कोट गाविसको सम्भावित पर्यटकिय , आर्थिक , भौतिक तथा कृषि तर्फका विकाशलाई प्राथमिकतामा राखी वजेट विनियोजित गर्नु पर्ने वताउदै वजेट चुस्त दुरुस्त राख्न आग्रह गरे ।

नेपाली कङ्ग्रेस क्षेत्र न.३ स्याङ्जाका सचिव विक्रम सारु मगर , मल्याङ्कोट गाविसका सभापति वोम वहादुर हमाल , आदिवासी जनजाती समन्वय समिति मल्याङ्कोटका अध्यक्ष जुत वहादुर राना मगर , समाजसेवि मिन वहादुर सारु मगर , नेकपा एमाले मल्याङ्कोट गाविसका अध्यक्ष ठग प्रसाद रेग्मी , खड्गकालि मा.विका प्रध्यानध्यापक जगन्नाथ अर्याल , नेपाल विद्यार्थी संघ क्षेत्र न. ३ का सभापति धनराज पौडेल , लगाएतले वोलेका थिए । परिषद्मा गाउँ कार्य सन्चालन समितिका अध्यक्ष तथा गाविस सचिव दुर्गा प्रसाद पौडेलले आर्थिक वर्ष ७१-७२ को कुल ६१ लाख ७५ हजार ८ सय ९७ वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गिता खाडँको स्वागत सङ्गै सुरु कार्यक्रमको केशरी मल्लको सन्चालन सङ्गै सुरु भै गाविस सचिव दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको मल्याङ्कोट देखि हाम्रा सहक्रमि डोलराज अर्यालले जनाएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %