देब पचभैया
पाल्पा, पौष १९ – बरिष्ठ पत्रकार मेघराज शर्माले पत्रकारीताको मुल्य र मान्यतालाई आत्मसात गर्दे इमानको पत्रकारीता गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । पत्रकारीता पेशा मात्रै नभई समाज परिबर्तनको अभिन्न अंग भएकाले पनि जिम्मेवार भएर पत्रकारिताको धर्म निभाउनु पर्नेमा उनले जोड दिए ।
नेपाल पत्रकार महासंघ पाल्पाको २२ औ स्थापना दिवसको अवरमा पत्रकार महासंघ पाल्पाले आज बिहान तानसेनमा आयोजना गरेको पत्रकार अन्र्तक्रिया कार्यक्रममा बोल्दै पे्रस स्वतन्त्र सेनानी समेत रहनुभएका शर्माले पेशागत इमान र मर्यादालाई आत्मसात नगरे पत्रकारीता संगै समग्र समाज पनि गिर्दे जाने बताए । पत्रकार महासंघ पाल्पाका सस्थापक अध्यक्ष समेत रहनुभएका बरिष्ठ पत्रकार शर्माले पत्रकारिता क्षेत्रको बिकास र बिस्तारको लागी आम संचार जगतमा एकता र प्रतिबद्धताको खाचो रहेकोमा जोड दिए ।
पत्रकार महासंघ पाल्पाका अर्का सस्थापक गोबिन्द भट्राईले आफुहरुले निकै दुख गरेर पाल्पा शाखालाई जन्माएर बिस्तार गरेको अनुभब सुनाउदै पत्रकारीतामा सख्यात्मक बिकास संगै गुणात्मक बिकासमा पनि ध्यान दिन आग्रह गर्नुभयो । २० जना पत्रकार जुटेर स्थापना गरिएको पत्रकार महासंघ पाल्पामा अहिले १ सय चार जना सदस्यहरु आबद्ध भएका छन् ।कार्यक्रममा महासंघका सदस्यहरुलाई आफ्नो सदस्यता नबिकरण गर्न समेत आग्रह गरिएको थियो ।
पत्रकार महासंघ पाल्पाको २२ औ स्थापना दिवसका अवसरमा आदिबासी जनजाति पत्रकार महासंघका क्षेत्रिय प्रमुख देब पचभैया, क्रान्तीकारी पत्रकार संघ पाल्पाका अध्यक्ष सन्तोश बस्याल, क्रान्तीकारी पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम राना, प्रेस चौतारी पाल्पाका अध्यक्ष कमल तिमिल्सिना, पत्रकार महासंघ पाल्पाका पुर्ब अध्यक्ष भगवान भण्डारी लगाएतका बक्ताहरुले पत्रकारीता क्षेत्रको बिकास र बिस्तारको लागी सबै एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
समयको परिबर्तन संगै पत्रकारीता क्षेत्रमा आएको परिबर्तनलाई समेत आत्म सात गर्नुपर्नेमा बक्ताहरुले जोड दिएका थिए ।
पत्रकार महासंघ पाल्पाका सभापति राजेश कुमार अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा पाहुनाहरुलाई जिल्ला उपाध्यक्ष टेक नारायण भट्राईले स्वागत र सचिब किरण कौशलले कार्यक्रमको संचालन गरेका थिए ।
