विनोद रखाली मगर
गल्याङ् , पौष १६ – नेपाल विद्यार्थी संघ गल्याङ बहुमुखी क्याम्पस गल्याङ स्याङजाको आयोजनामा १० दिने पत्रकारी नेतृत्व विकास तथा उद्घोषण तालिम को आज १०औं दिन स्याङ्जाको जगत्रदेवी गाविस वडानं ८ तल्लोगल्याङमा रहेको स्याङ्जाकै पहिलो लक्ष्मी टेलिभिजन निरीक्षण गरेका छन् ।
तालिममा पत्रकारिता उद्घोषण, व्यक्तित्व विकास, रेडियो प्रस्तोतालगाएतको प्रशिक्षण गराइएको विद्यार्थीलाई शैद्वान्तीक ज्ञानले मात्रै नहुने भन्दै टेलिभिज प्रस्तोता सम्बन्धी ज्ञान तथा कार्यक्रम संचालन सम्बन्धी गर्ने तरीकाको बारेमा विद्यार्थीलाई टेलिभिजन मै आई निरीक्षण गरेर मात्र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले विद्यार्थीहरुलाई टेलिभिजन सम्म ल्याएको नेपाल विद्यार्थी संघ गल्याङ बहुमुखी क्याम्पसका सभापति विष्णु अधिकारीले बताए ।
४८ जना विद्यार्थीले लक्ष्मी टेलिभिजन निरिक्षण गरेको र त्यसको सहजीकरण लक्ष्मी टेलिभिजनका समचार प्रमुख विनोद रखाली मगर र पत्रकार गुमबहादुर राना, प्रेमनारायण रेग्मीले गरेको लक्ष्मी टेलिभिजनका अध्यक्ष दधिराम पाण्डेयले जानकारी गराए ।
