देब पचभैया
पाल्पा, पौष १५-भुमिसुधार तथा ब्यवस्था मन्त्री दलबहादुर रानाले मालपोत र नापीकार्यालयमा
भ्रष्ट्राचार बढेपछि सिसि क्यामेरा राख्न शुरु गरेको दाबी गरेका छन ।
मालपोत र नापी कार्यालमा बढी जनताको भीड हुने भएकाले सक्नेले भनसुन गर्ने तर नसक्नेले के के दिएर भएपनि छिटो काम गराउने प्रबृती बढेको रानाको गुनासो छ ।
तानसेन बचत तथा ऋण सहकारी सस्थाको छैठौ साधारण सभाको आज (मंगलबार) उद्घाटन गर्दे मन्त्री रानाले पारदर्सिता र कर्मचारी बाट हुने तलमाथिलाई सोही समस्याको समाधानको लागी काठमाण्डौका सबै कार्यालयहरुमा सिसि क्यामेरा राखेर निगरानी गरिएको जानकारी दिए ।
जग्गा लुकाउने र जग्गाको हदबन्दी हटाउनको लागी माघ १ गते देखि उपत्यकाका १४ वटा मालपोतकार्यालयहरु बाट एकिकृत नया प्रबिधिमा सेवा प्रदान गर्ने तयारी भएको भन्दै आगामी २ बर्ष भित्र देशैभरका मालपोत कार्यालयहरुलाई आधुनिक प्रबिधियुक्त बनाउने उहाको दाबी छ ।
मन्त्री रानाले सबै राजनैतिक दलहरु बिच सहमति भएर आएको संबिधान मात्रै दिगो हुने बताएका छन । कसैले चाहेर पनि देश टुक्रिन नसक्ने र एउटा शक्तिले मात्रै नभई सबै मिलेर देशको निर्माण गर्नुपर्नेमा रानाको जोड थियो ।
बिगतका संझौताहरु लिपिबद्ध गर्न, आन्दोलनका उपलब्धीलाई सस्थागत गर्न पनि माघ ८ मा संबिधान जारी गर्नुपर्नेमा जोड दिदै रानाले संबिधान जारी गर्दा हिजोको संबिधान सभाले गरेको निर्यणलाई आत्मसात गर्नुपर्ने बताएका थिए ।
पहिचान र सामथ्र्यको आधारमा संघियता निर्माण गर्नुपर्नेमा जोड दिदै मन्त्री रानाले सबै दलले जितेको जस्तो हुने गरी संबिधान जारी गरेमात्रै अहिले जारी भएको संबिधान दिगो हुने उहाको भनाई छ । सबै दलको जित जस्तो देखिने गरी संबिधान जारी गरेमात्रै दिगो बन्ने बताए ।
