संविधानमा नेपाललाई हिन्दु राज्य कायम गर्नु पर्ने

Read Time:1 Minute, 44 Second

गोविन्द घर्ती

देवदह पौष १२ । संविधानमा नेपाललाई हिन्दु राज्य कायम गर्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले बताएका छन । थापाले हिन्दुराज्य कायम नहुदा सम्म राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले दवाव मुलक कार्यक्रम गर्ने बताए ।

अध्यक्ष थापाले हिन्दुराज्य कायम गरी तोकिएको समयमा नै नेपाली जनताको संविधान जारी गर्नु भन्दै धर्म निरपेक्षताका कारण हिन्दु धर्मको अस्तित्व मेटिदै गएको बताए । संविधानमा हिन्दु राज्य कायम गराउने उद्देश्यले मेची महाकाली रडयात्राको क्रममा रुपन्देहीको देवदह खैरेनीमा भएको कोणसभामा बोल्दै थापाले उक्त कुरा बताएको हो । धर्मनिरपेक्षता कायम भए आउने १० बर्ष भित्र नेपालमा हिन्दु धर्म लोपहुदै जाने बताए ।

थापाले नेपालको पहिचान भनेको हिन्दु राष्ट्र भएकोले नयाँ संविधानमा हिन्दुराज्य कायम गर्न सम्पूर्ण नेपालीहरु एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । पौष ९ गते देखि मेची देखि शुरु भएको रडयात्रा पौष १८ गते काठमाडौमा समापन गरिने सो पार्टीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %