निम्तो बाँड्दै पोखरेली

Read Time:7 Minute, 56 Second

मनोज घर्तीमगर

  गोरो छाला । खैरो कपाल । अग्लो कद । यस्तै हुलियाका विदेशीलाई मात्रै पर्यटक ठान्थे पोखरेली । एक जमानमा तीनले डलर मात्रै झार्छन् भन्ने मानसिकता थियो व्यवसायीमा । त्यही भएर आन्तरिक पर्यटकलाई वास्तै हुन्थेन । यति सम्म कि होटलमा कोठा पाउन मुस्किल पथ्र्यो । पछिल्लो समय पोखराका पर्यटन व्यवसायीको यो मान्यता पूरै भत्किएको छ । तुलनात्मक रुपमा विदेशीभन्दा आन्तरिक पर्यटक नै खर्चालु देखिएपछि यस्तो मान्यता भत्किन पुग्यो । आन्तरिक पर्यटकलाई खासै महत्व नदिइने तिनै पोखराका व्यवसायी स्वदेशीलाई निम्तो दि“दै कहिले पूर्व कहिले पश्चिम पुग्न थालेका छन् ।

तौलेर पैसा खर्च गर्ने विदेशीभन्दा खर्चालु आन्तरिक पर्यटकले नै व्यवसायमा फाइदा दिने यहाँ पर्यटन व्यवसायीको धारणा छ । यहि कुरो बुझेका व्यवसायीले केही वर्ष पहिलेदेखी देशका विभिन्न भागमा पुग्दै निम्ता बाँड्न सुरु गरेका हुन् । पोखरामा पुस १३ देखी १७ सम्म चल्ने सडक महोत्सवमा पूर्वेली पर्यटकलाई निम्ता गर्न मंसिर २७ गते पूर्व पुगेको टोली हालै पोखरा फर्केको छ । ‘धेरैभन्दा धेरै स्वदेशी पर्यटक पोखरा भित्र्याउन सके ठूलो फाइदा छ । त्यसैले हामी यसपटक पूर्वेलीलाई निम्ता गर्न त्यही पुग्यौं’ रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराई भन्छन्,‘त्यहाँका धेरै व्यक्ति पोखराप्रति सकारात्मक छन् । अब पूर्वेली पर्यटक बढ्नेमा ढुक्क छौं ।’ रेवानले पूर्वका इलाम, धनकुटा, इटहरी, विरगंज, धरान, जनकपुर लगायत क्षेत्रमा प्रवद्धनात्मक अभियान चलाएको छ । पूर्व क्षेत्रका व्यवसायीलाई पनि रेवानले स्थानीयलाई पोखरा घुम्न प्रोत्साहन गर्न अनुरोध गरेको छ ।

पोखरेली व्यवसायीले पुर्वका पर्यटक मात्रै बोलाएको छैनन् । उनीहरुले यहाँका पर्यटकलाई पनि पूर्व पठाउने वचन दिएको छ । युले पूर्व र पश्चिमका पर्यटन व्यवसायीबिच साझेदारी बढाएको छ । यसबारे रेवानले विभिन्न ठाउँमा अन्तरक्रिया समेत गरेको थियो । इटहरीमा आयोजित अन्तरक्रियामा त्यहाँका व्यवसायिले धेरैभन्दा धेरै पर्यटक पोखरा पठाउने प्रतिवद्धता गरे । ‘पोखराबारे धेरैले सुनेका छन् । यसपटक तपाईहरुनै यहाँ आएर जानकारी गराउनु भो’ इटहरी उद्योग बाणिज्य संघका महासचिव दिवस पोखरेलले अन्तरक्रियामा भनेका थिए,‘बढि भन्दा बढि पर्यटक पोखरा भित्र्याउन हाम्रो संघलेनै नेतृत्व लिनेछ ।’

रेवानबाहेक पोखरा अन्य पर्यटन सम्बन्धि संस्थाले पनि पटकपटक पूर्वी र पश्चिमी क्षेत्रमा यस्तै अभियान चलाइसकेका छन् । भारत र अन्य विदेशी मुलुकमा समेत पर्यटनसँग सम्बन्धि सँस्था पोखरा घुम्न पर्यटकलाई निम्तो बाड्ने गर्छन् । आन्तरिक पर्यटन प्रबद्र्धन गर्न पश्चिमाञ्चल होटल संघले पहिलो पटक विसं २०५८ मा ‘जाउँ है पोखरा’ अभियान चलायो । त्यसपछि आन्तरिक पर्यटकलाई व्यवसायीले पर्यटक सम्बोधन गर्न थालेका हुन् । २०५५ यता होटल संघले हरेक वर्ष देशविदेशमा विभिन्न नाम दिएर पर्यटकलाई पोखरा आउन निम्तो दिन छाडेको छैन । संघले कहिले भारतका विभिन्न ठाउँमा गएर ‘चलिए पोखरा’ अभियान चलाउँछ । कहिले अन्य विभिन्न मुलुक गएर ‘प्याराडाइस पोखरा’ भन्दै विदेशी पर्यटक बोलाउँछ । ‘देशका विभिन्न ठाउँमा पुगेर बेलाबेला निम्ता बाँड्ने र स्थानीयलाई पोखराबारे जानकारी दिँदा आन्तरिक पर्यटक बृद्धि भएका छन्’ क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष हरि शर्मा गैह्रै भन्छन्,‘हामीले सुरु गरेको अभियानले राम्रो प्रभाव पारेको छ ।’

आन्तरिक पर्यटकलाई निम्ता दिन यतिबेला पश्चिमाञ्चल क्षेत्रीय होटल संघ, नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पोखरा च्याप्टर, रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान ) पोखरा, लगायतका संस्थाबिच अघोषित प्रतिस्पर्धा छ । व्यवसायीको अभियान थाहा पाएका आन्तरिक पर्यटकले एकपटक पोखरा घुम्नुपर्छ भन्ने मान्यता विकास गर्न थालेका छन् । पोखरामा घुमघामकै लागि पारिवारिक समूह, विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरु, विभिन्न संघसंस्थाहरु बढी आउन थालेका छन् । पोखरामा असोज–चैतसम्म आन्तरिक पर्यटक आउने मुख्य सिजन मानिन्छ । त्यसबाहेक हनिमुन, शैक्षिक अवलोकन र कृषक भ्रमणका समूह पनि पोखरा आउँछन् । आजभोली यहाँका पर्यटन व्यवसायीले आन्तरिक र बाह्य पर्यटकमा कुनै भेदभाव गर्दैनन् । बरु आन्तरिकलाई नै बढी महत्व दिन थालेका छन् । त्यसअघि व्यवसायीको ध्यान आन्तरिक पर्यटकमा परेकै थिएन । ‘पहिले विदेशीले धेरै महत्व पाउ“थे, आन्तरिकलाई वास्तै थिएन’ ट्रेकिङ एजेन्सिज एशोसियसन अफ टान पोखराका पूर्व अध्यक्ष सोम थापा भन्छन्,‘नेपालीहरु घुम्ने वातावरण पनि खासै थिएन । आजभोली बल्ल नेपाली पनि घुमघमा गर्न थालेका छन् । विभिन्न संघसंस्थाले पोखरा प्रबद्र्धनबारे गरेका कार्यक्रममले पनि केही प्रभाव पारेको छ ।’

त्यसो त सरकारले सुरुमा आन्तरिक पर्यटकको परिभाषा नै गरेको थिएन । व्यवसायीले पनि आन्तरिक पर्यटकलाई खासै वास्ता गर्थेनन् । व्यावसायिक सँस्थाले चलाएका यस्तै अभियानको प्रभावले सरकारले पनि आन्तरिक पर्यटकको परिभाषा बनाएको छ । पोखरामा आन्तरिक पर्यटक राम्रै आउन थालेपछि अन्य संस्थाले पनि पोखरा आउन निम्ता बाँड्न थालेको छन् । होटल संघको सिको गर्दै विसं २०६१ सालमा नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पोखरा च्याप्टरले प्रमोशन टुर गर्यो । त्यसपछि उसले हरेक वर्ष यस्तै कार्यक्रम गर्दै आएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %