राष्ट्रिय पुनर्वास आवास कम्पनीको स्वामित्वमा रहेको जग्गाको नापीकार्य शुभारम्भ

Read Time:3 Minute, 29 Second

गोविन्द घर्ती

देवदह-रुपन्देहीको देवदह नगरपालिका १ र २ को राष्ट्रिय पुनर्वास आवास कम्पनीको स्वामित्वमा रहेको जग्गाको नापीकार्य शुभारम्भ गरिएको छ । सभासद अव्दुल रज्जाकले एक कार्यक्रमका वीच उद्घाटन गरी उक्त जग्गाको नापी शुरुवात गरिएको हो । विगत लामो समय देखि नापी गर्न रोकिएको पुनर्वासको जग्गा अहिले नापी कार्यालय भैरहवाको प्राविधिक टोली र राष्ट्रिय पुनर्वास आवास कम्पनीले देवदह नगरपालिका–२ र ३ को करिव २ सय ५० विगाहा जमिन नापी कार्यको शुरुवात गरिएको हो । सो अवसरमा बोल्दै सभासद अव्दुल रज्जाकले नेपाली जनताले निशुल्क जग्गा पाउनु पर्ने भन्दै जग्गाको राजश्व घटाउन आफुले पहल गर्ने बताएका छन । रज्जाकले जग्गाको काम गर्दा विवाद रहीत काम गर्नु पर्ने भन्दै सोको लागि स्थानीय स्तरमा रहेका राजनैतिक दलहरु एक जुट भएर जनताको अधिकारलाई सुनिश्चित गर्न लाग्नु पर्नेमा जोड दिए । सोही कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्वास आवास कम्पनी बर्दघादका कार्यक्रम प्रमुख भोला प्रसाद शर्माले राज्यले कायम गरेको राजश्व लिएर जनताले भोगचलन गरेको जग्गाको लालपुर्जा दिन आफुहरु तयार रहेको बताए । कम्पनीले निशुल्क जग्गाको लालपुर्जा प्रदान गर्न नसकिने हुदा राजनैतिक रुपमा राज्यलाई दवाव दिनु पर्नेमा जोड दिए । त्यसैगरी देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद घिमिरेले स्थानीय वासीलाई जग्गाको लालपुर्जा दिलाउन नगर पालिकाले शसक्त भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । जग्गा नापी सहयोग समितिका अध्यक्ष चन्दी प्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नापी टोलीका प्रमुख यदुनाथ चौधरी, नेपाली काग्रेसका जिल्ला सचिव हिरा बहादुर खत्री, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य सिद्धिचरण भट्टराई, एमाओवादीका जिल्ला सदस्य कृष्ण ढकाल, नेकपा माओवादीका वीरबहादुर गुरुङ्ग, टिका गौतम, प्रजापति सापकोटा, वावुरम पंगेनी, खेमराज वस्याल लगायतले बोल्दै राजनैतिक पार्टीहरुले सुकुम्वासी आयोगलाई कार्यकर्ता भर्ती केन्द्रको रुपमा परिणत गरेका कारण नेपाली नागरिकले जग्गाको लालपुर्जा पाउन नसकेको बताएका थिए । बोधराज गौडेलको स्वागत र विष्णु प्रसाद पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %