२५९८ औँ तमु ल्होसार मनाइदै

Read Time:1 Minute, 23 Second

सनु थापा मगर

बुटवल,पुस १२ – तमु गुरुङ्गहरुले यस वर्ष पनि भव्यताका साथ २५९८ औँ तमु ल्होसार ल्हुल्हो २०७१ नयाँ वर्ष विभिन्न कार्यक्रम गरि मनाउदै छन ।

यस वर्ष (तल्हो )घोडा वर्गको विदाई तथा (ल्हुल्हो) भेडा वर्गको स्वागत गरी नयाँ वर्ष मनाउदै छन् । प्रत्येक वर्ष पौष १५ लाई नयाँ वर्षको रुपमा मनाउदै आइरहेका छन । रुपन्देहीमा पनि वुटवल रामनगर र बेलबासमा रहेको जवै मैदानमा विभिन्न कार्यक्रमका साथ मंगलबार ल्होसार धुमधामका साथ मनाउँदै छन ।

ल्होसारमा  स्युरा घरदैलो ,फलफुल वितरण, सास्कृतिक कार्यक्रम, विभिन्न खेलकुद कार्यक्रम गरी मनाउने गुरुङ समुदायसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिीहरुले बताएका छन । ‘तमूवान प्रदेश सहितको समावेशी संघीय संविधान’ भन्ने मुल नाराका साथ यस वर्षको लहोसार पर्व मनाइदै छ । एक आपसमा शुभकामना साटासाट तथा मिठो भोजन गरेर यो पर्वलाई गुरुङहरुले मनाउने गर्दछन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %