दुई दिने वन संरक्षण तालिम

Read Time:2 Minute, 1 Second

दिल प्रसाद थापा

वन विभाग जिल्ला वन कार्यलय रुपन्देहीको आयोजनामा भएको दुई दिने गैर काष्ठ वन पैदावारको वनस्पती प्रसारण सम्बन्धी तालिम बुटवल १५ वडा कार्यलयमा मंगलबाट सुरु भएको छ ।
उदघाटन सत्रमा जितेश्वरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सन्त बहादुर कार्कीको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रमुख अतिथी सेक्टर वन कार्यलयका प्रमुख यज्ञमुनी खनाल रहेका थिए । विशिष्ठ अतिथी चारपाला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण गैरे , रेन्जर अभिमुन्यु केसी , वडा नं. १५ का सचिव गणेश न्यौपाने लागयतका अतिथीहरुको उपस्थिती रहेको थियो । वैज्ञानिक प्रविधिबाट वनको उचित संरक्षणको निम्ति उक्त तालिम सहयोगि हुने वक्ताहरूले बताए । उक्त तालिममा बनमा पाइने जडीबुटीको सदुपयोग तथा नयाँ प्रविधीबाट उत्पादन बढाई स्थानिय उपभोक्ताहरुमा आयआर्जन गर्नको निम्ति सहयोग हुने प्रशिक्षकले बताए । तालिम बाट वन जंगलको संरक्षणमा चाहिने बैज्ञानिक विधी, बनको माटोको उत्पादन क्षमता, नयाँ विरुवा उत्पादन गर्ने विधि, घास व्यस्थापनबाट माटो व्यपस्थापन गरि संरक्षण गर्ने विधी, जडी बुटि उत्पादन लागायत विषयमा तालिम दिने एफ ओ ए कार्यक्रमका विशेषज्ञ लोकनाथ पाठकले बताए । उक्त तालिम कार्यक्रममा प्रशिक्षक लोकनाथ पाठकको सहजिकरणमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %