प्रतिस्पर्धाको राजनीतिले सबै जातिलाई न्यायसंगत नहुने—थापा

Read Time:2 Minute, 22 Second

मन्जित चौधरी

तिलोत्तमा – राष्ट्रिय जन मुक्ति पार्टी क्षेत्र न. ३, पन्देहीले दुई दिने क्षेत्रीयस्तर प्रशिक्षण सम्पन्न गरेको छ ।
“पहिचान सहितको संघीयता अधिकार सहितको संविधान, भ्रष्टाचार मुक्त नेपाल राष्ट्रिय जनमुक्ति पार्टीको अभियान” भन्ने नारालाई उठान गर्दै पार्टीले खबरदारी अभियान अन्तर्गत तिलोत्तमाको कुन्जलापुर र फर्साटिकरमा क्षेत्रीय तरीय प्रशिक्षण सम्पन्न गरेको हो । उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक पार्टी जिल्ला अध्यक्ष झम बहादुर गुरूङ्गले जहानीया शासनकालमा बनाइएको मुलुकी ऐन नै अहिले सम्म लागु भएको आरोप लगाउँदै सो कानुनले आदिवासी जनजाती, दलित, महिला, मुस्लिम एवं पिछडा वर्गहरूलाई हरेक क्षेत्रबाट पछाडी पारेको जिकीर गरे ।
त्यस्तै अर्का प्रशिक्षक पार्टीको युवा संगठन राष्ट्रिय युवा मोर्चाका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रशिक्षण विभाग प्रमुख कमल थापा मगरले नेपाली कांग्रेसले गर्ने प्रतिस्पर्धाको राजनीतिले कुनै पनि हालतमा सम्पुर्ण जातिहरूलाई न्यायसंगत नहुने दाबी गरे । उनले कम्युनिष्टहरूको वर्गीय मुद्दाले जातीय सम स्यालाई उन्मुलन गर्न नसक्ने जिकीर गर्दै यो देशमा समानुपातिक राजनीति गर्ने पार्टी राष्ट्रिय जनमुक्ति पार्टी मात्र रहेको ठोकुवा गरेका छन् ।
सो कार्यक्रम क्षेत्रीय अध्यक्ष छत्र बहादुर दर्लामी मगरको अध्यक्षता, तिलोत्तमा नगर अध्यक्ष राजु राना मगरको स्वागत मन्तव्य र नगर सचिव हरि दर्लामी मगरको संचालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %