महिला मोर्चामा विमला गुरुङ

Read Time:2 Minute, 55 Second

दिल प्रसाद थापा

बुटवल । पुर्ण संघियता जातिय समानुपातिक प्रतिनिधित्वको सुनिश्चिता, भ्रष्ट्रचार मुक्त नेपालको निमार्णमा हाम्रो प्रतिवद्धता भन्ने मुल नारको साथ राष्ट्रिय महिला मोर्चा रुपन्देही जिल्ला कार्यसमितिको तेस्रो जिल्ला अधिबेशन बुटवलको देवीनगर स्थित भु.पु सैनिक कल्याण क्लबमा शुक्रबार विमला गुरुङ्गको अध्यक्षतामा १३ सदस्यि समिति गठन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी संघिय परिषद सदस्य तथा लुम्बिनी राज्य परिषदका इन्चार्ज अशोक पुनले महिलाहरु अबको दिनमा आफ्नो हक अधिकार पाउनको निम्ती घरायसी काम मात्र होइन सत्ता संचालन गर्न सक्नु हुनु पर्ने बताए । पुनले अबको आन्दोलन को नेतृत्व महिलाले गर्नु पर्छ भने । नेपालमा रहेका उत्पीडनमा परेका समुदाय , आदिवासी दलित मुश्लिम मधेशी, महिला मिलेर निर्णायक सघर्ष गर्नु पर्ने आवश्यक रहेका बताए । पहिचान सहितको संघियताको लागि राष्ट्रिय जनमुक्ति पार्टीले निर्णायक आन्दोलन गर्ने बताए । उदघाटन सत्र कार्यक्रममा मोर्चाका जिल्ला अध्यक्ष धनी आलेको सभापत्विमा भएको कार्यक्रममा राष्ट्रिय भुपु सैनिक संगठनका केन्द्रीय अध्यक्ष तथा सघिय परिषदका सदस्य भिम बहादुर राना, संघिय परिषद सदस्य होमाया गुरुङ्ग, पार्टीका जिल्ला उपाध्यक्ष मधु राना लगायत अतिथीहरुको मन्तव्य रहेको थियो । कार्यक्रममा उपाध्यक्ष विमला गुरुङ्गको स्वागत मनतव्य रहेको थियो भने संचालन सचिव गिता सारुले गरेकी थिइन । अधिवेशनबाट अध्यक्षमा बिमला गुरुङ्ग, उपाध्यक्षमा गिता सारु, सचिव केसरी तरामु मगर , सह सचिवमा दिल माया गुरुङ्ग, संगठन सविचमा संगिता बलाल मगर , कोषाध्यक्ष भवानी राना, सदस्यहरुमा रुद्र कली रजाली , तिल कुमारी राना, देवी थापा, हिरा राना, इश्वरी थापा, ज्योती थापा, सिता थापा निर्वाचित भएका छन । नवगठित समितिलाई संघिय परिषद सदस्य दल बहादुर विरकट्टाले शुभकामना व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %