देब पचभैया
काठमाडौं, ४ मंसिर
संविधानसभामा आदिवासी जनजातिका मुद्दालाई सुनिश्चित गराउन आन्दोलनरत आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले शुक्रबार बृहत मार्चपास ¥यालीको आयोजना ग¥यो । अब बन्ने नयां संविधानमा जातीय पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान निर्माण, प्राकृतिक स्रोत र साधनमाथी अदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न, सीमान्तकृत, लोपोन्मुख आदिवासी जनजातिको एक जाति एक प्रतिनिधि सुनिश्चित गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन नेपालले बृहत र्माचपासको आयोजना गरेको हो । पहिचानसहितको संघीय संविधानको माग गर्दै आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले शुक्रबार संविधासभा भवनमा आन्दोलन प्रदर्शन गरेको छ । माइतीघर मण्डलाबाट शुरु भएको मार्च पास संविधानसभा भवनमा पुगि सभामा परिणत भएको थियो । आन्दोलनमा संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राइ, एमाओवादी नेतृ हिसिला यमी, आन्दोलनका प्रवक्ता डाक्टर ओम गुरुङ लगायतको सहभागी भएका थिए । आन्दोलनमा सयौंको संख्यामा संघीयतावादीहरुको उपस्थिती रहेको थियो ।
