दिल थापा

मगलबार भएको पाकिस्तानको पेसावर स्थित सैनिक पब्लिक स्कुलमा तालिबान बन्दुकधारीको हमलामा करिव १५० जना मारिएकोमा १३२ जना विद्यार्थी र ९ जना शिक्षक थिए । उक्त घटनाको निन्दा गर्दै श्रद्धान्जली स्वरुप रोट्रयाक्ट क्लब अफ बुटवल साउथको आयोजनामा बुधबार बुटवलका विभिन्न विद्यालयका विद्यार्थीको सहभागितामा बुटवलको लखनचोक चौरहामा मैनबत्ती बालेका थिए । उक्त कार्यक्रममा विद्यार्थीहरुले विद्यालय क्षेत्र शान्ति क्षेत्र स्थापना हुनुपर्ने, स्वतन्त्र भएर बाच्न पाउन पर्ने, आतंकवादको अन्त्य गर, विद्याथी युद्धका सिकार होइन्न जस्ता प्ले काड प्रदर्शन गरी आफ्नो माग राखेका थिए ।
