देब पचभैया
पाल्पा, मंशिर २७
नया बन्ने संबिधानमा बालबालिकाहरुको अधिकार सुनिश्चित गर्न माग गर्दे पाल्पाको तानसेनमा आईतबार भएको एक दिने पश्चिमाञ्चल क्षेत्रिय बाल क्लब भेला सकिएको छ ।
भेलाले ११ सदस्सिय कार्यसमितिको समेत चयन गरेको छ । ४५ प्रतिशत बढी जनसंख्या भएको बालबालिकाका अधिकारका बिषयमा कसैले पनि आवाज नउठाएको भन्दै नया बन्ने संबिधानमा अधिकार सुनिश्चितताको लागी एक भएर आफुहरुले आवाज बुलन्द गर्न अघि सरेको भेलाका सहभागीहरुले बताएका छन् ।
भेलाले अध्यक्षमा भावना पन्थ रुपन्देही, उपाध्यक्षमा कोपिला अधिकारी लमजुंङ्ग, सचिबमा एलिसा खड्का अर्घाखाची, सहसचिबमा दुर्गा भण्डारी तनुह, कोषाध्यक्षमा डिल्लिया सुनार गुल्मी लाई सर्बसम्मत रुपमा चयन गरेको छ । त्यस्तै सदस्यहरुमा नरेश ढेगा पाल्पा, चन्द्रा पराजुली, स्यांङ्गजा, सुरक्षा खड्का बाग्लङ्ग, बिपना शर्मा नवलपरासी बृजेश यादब कपिलबस्तु र त्रिबिबिक्रम गुरुग पर्बत रहेका छन् । कार्यक्रममा बालबालिकाको अवस्था, अधिकार लगाएतको बिषयमा छलफल भएको थियो ।
