मुटुरोगीका आमालाई आर्थिक सहयोग प्रदान

Read Time:2 Minute, 37 Second

देब पचभैया

पाल्पा, मंशिर २६
बराङदी ५ साफाखुम पाल्पा घर भई मुटुरोग लागेर ज्यान गुमाएकी ३६ बर्षिया लक्ष्मी पाडेकी आमा तील कुमारी पाडेलाई बहराईनमा बस्ने नेपालीहरुले आर्थिक सहयोग प्रदान गरेका छन् ।

बहराइनमा रहेका नेपालीहरुले संकलन गरेका ५० हजार नेपाली रुपिया एक कार्यक्रमको आयोजना गरी आईतबार मगर संघ हङकङ्गका पुर्ब अध्यक्ष हुमबहादुर पचभैया मगरले प्रदान गरेका हुन ।

आदिबासी जनजाति महासंघ हङ्गकङ्गका सस्थापक अध्यक्ष समेत रहनुभएका पचभैयाले बहराईनमा बस्ने नेपाली हरुले पठाएको ४८ हजारमा आफुले २ हजार थपेर मृतक मुटु रोगीका आमालाई प्रदान गरेको हो ।

श्रीनगर एफ,एम पाल्पाको सभाकक्षमा भएको कार्यक्रममा बोल्दै पचभैयाले मुटु रोगी लक्ष्मी पाडेको बारेमा धेरै पछाडि मात्रै खबर पाएकाले रकम संकलनमा पनि ढिलो भएको बताएका थिए ।

बहराईनमा बस्ने पाल्पाका कृष्ण बहादुर सारू मगरको अगुवाईमा सो रकम संकलन भएको हो ।

बिदेशमा बस्ने नेपाली हरु काममै ब्यस्त हुने र भेटघाट हुन पनि महिनौ कुर्नु पर्ने भएकाले रकम संकलनमा ढिलाई हुने हुमबहादुर पचभैया मगरले जानकारी दिएका थिए ।

सहयोग रकम लिएपछि मृतक लक्ष्मीका ६५ बर्षिया आमा तिल कुमारी पाडेले आफ्नो छोरीलाई बचाउनको लागी सहयोग गर्ने सबैलाई धन्यबाद दिएकी थिइन ।

छोरी सानै छदा श्रीमान बितेको भन्दै उहाले एक मात्रै छोरी लक्ष्मीलाई पनि मुटु रोगले लगेको अामाको दुखेसो थियो ।

हंगकंगबाट संचालित राज्य सत्ता डटकममा मुटरोगी लक्ष्मीको बारेमा समाचार प्रकाशित भएपछि बिदेशका बिभिन्न स्थानमा गरी ३ लाख बढी रकम संकलन भएको थियो ।

झण्डै १५ बर्ष अघि देखि लक्ष्मी पाडेलाई मुटुरोगको समस्या भएको थियो । उपचारको क्रममा पाडेको गएको कार्तिक १४ गते काठमाण्डौमा ज्यान गएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %