मनोज घर्तीमगर
गोरो वा कालो छाला भएका हिप्पीहरु अग्ला न अग्ला जगल्टा फिजाएका मानिस पोखराको लेकसाइडमा थुप्रै भेटिन्थे । उनीहरुको लवाइखवाई पोखरेलीलाई नौला लाग्थ्यो । भाषा कसैले बुझ्नथे । गांजाको धुवासंगै उनीहरु खुब रमाउँथे । उनीहरुमध्ये प्रायसँग एउटा लाम्चो आकारको भाँडो हुन्थ्यो । जसको बिचमा ठिक्कको भ्वाङ् हुन्थ्यो । अर्कोतिर सानो टुप्पो । त्यसमा तारहरु लहरै देखिन्थे । त्यही भाँडोको तारमा गोरो र कालो छाला भएकाले बेलाबेला औंलाले हिर्काउँथे । त्यसपछि गजबको धुन आउँथे । यस्ता दृश्य देखेका पोखरेलीले धेरै पछि थाह पाए । हिप्पीहरुले बजाउने भ्वाङ् परेको भाँडो त गीतार पो रहेछ । यो सन् १९७०/८० को दशकतिर हो । अहिले जमाना धेरै बदलिएको छ । त्यही भ्वाङ परेको भाँडो अर्थात गीतार आजभोली पोखरेली ठिटा ठिटीहरुलाई फेशन भएको छ ।
गीतारलाई नेपाल प्रवेश गराउने काम गरे हिप्पीहरुले । नयाँ फेशनलाई तुरुन्तै अंगाल्ने पोखरेली युवा पुस्ताले गीतारलाई पनि पछ्यायो । त्यही भएर त यहाँ एकताका टोलैपिच्छे पप ब्याण्ड थिए । अहिले गीतार बजाउन जानोस वा नजानोस मतलब छैन । टोलैपिच्छे भेटिने युवाका काँधमा गीतार झुन्डिएकै हुन्छ । यसलाई गीतार सबैभन्दा धेरै प्यारो छ, प्लस टु पुस्तामा । उनीहरु कलेज ड्रेसमा गीतार बोकेका भेटिन्छन् । ‘मलाई पहिले खासै मतलब थिएन, हरेक साथीको काँधमा गीतार देखेपछि मलाई पनि रहर जाग्यो’ कलेज ड्रेसमा गीतारसँगै भेटिएका सुसान्त पौडेल भन्छन्,‘विस्तारै बजाउन पनि सिक्दैछु, प्रगती भइराछ ।’
शुरुमा लेकसाइडका केही रेष्टुरेन्टमा मात्र सिमित थियो, गीतार बाजा । रेष्टुरेन्ट र होटलका ‘लाइभ म्युजीक’ कार्यक्रममा गीतारको प्रयोग व्यापक हुन्थ्यो । ती कार्यक्रममा पनि पश्चिमाकै दबदबा थियो । रेष्टुरेन्ट र होटलको घेराबाट बिस्तारै गीतार घर भित्र वास वस्न थाल्यो । अहिले गीतार बेस्मारी फैलिएर हरेकका काँधकाँधमा पुगेको छ । साथीभाइको देखासिखी र रहरै रहरमा गीतार बोक्नेहरु पनि कम छैनन् पोखरामा । यस्तै युवा हुन्, १९ वर्षिय सुरज गुरुङ । उनको काँधमा हम्मेसी गीतार छुट्दैन आजभोली । ‘साथीभाइ सबैसँग गीतार भएपछि म मात्रै खाली’ उनी भन्छन्,‘त्यसपछि साथीभाइकै करबलले गीतार किने । बजाउन त्यति नजाने पनि सँधै मसँग गीतार हुन्छ ।’
नेपालमा गीतार प्रवेश गरेको त्यति धेरै भएको छैन । हातहातमा आउन थालेको त ८÷१० वर्ष मात्रै भयो । अझ गीतारको बिक्रिवितरण त झनै कम । तर, पोखराका युवापुस्तामाझ अहिले विश्वप्रसिद्ध ब्राण्डका प्राय सबै गीतार भेटिन्छन् । ब्याण्डको राजधानी भएर पनि होला । पोखरामा दिनप्रतिदिन गीतार बोक्नेहरु बढिरहेका छन् । ‘गीतार बजाउनु मेरो सोख हो । गीतार भएपछि गाउँदै बजाउँदै गर्न पनि सजिलो छ’ इशाखा थापा भन्छिन्,‘गीतार बजाउँदा मलाई सबैभन्दा बढी आनन्द पनि आउँछ । मेरो लागि सबैभन्दा प्यारो बाजा गीतार नै हो ।’
सुरुसुरुमा गीतार बजाउ“दा लौ छोरो बिग्रियो भनेर खप्की खानुपथ्र्यो । अहिले शहरका प्राय घरमा गीतार भेटिन्छ । अब गीतारले छोरा बिगार्ने होइन सपार्न थालेको महशुÈ गरिदै छ । ‘युवापुस्तामा गीतार मोह ह्वात्तै बढेको छ’ पप गायक बिनोद बाँनिया भन्छन्,‘स्कुलले पनि विद्यार्थीलाई अतिरिक्त क्रियायाकलापमा गीतार सिकाउन थालेका छन् । यसले गर्दा युवापुस्ता गीतारप्रति आकर्षित हुन थालेका हुन् ।’
अहिले भर्खरका केटाकेटीदेखी केही प्रौढ देखिनेहरुको काँधम समेत गीतार झुन्डिन थालेको छ । पोखराका चोकचोक र गललीमा हिड्नेहरु गीतार बोक्नुलाई आफ्नो शान बढेको सम्झन्छन् । गीतार बोक्लनेले त्यसबाट राम्रो धुन निकाल्न सक्छन्, सक्दैनन् मतलब छैन । बस, देखाउनलाई भए पनि एउटा गीतार चाहियो । बजाउनुसँग कसैलाई मतलब छैन । ‘पोाखराका धेरैजसो युवायुवतिको काँधमा अचेल गीतार देखिन्छ’ संगीतकार श्यामसुङ तामाङ भन्छन्,‘यो संगीतमा प्यासन मात्रै होइन, फेशन पनि हो ।’
यहाँका युवायुवतिले गीतारलाई फेशन बनाउन थालेपछि गीतार पसल पनि मालामाल बनेका छन् । उनीहरुको पसलमा धाउने युवापुस्ता दिनदिनै बढ्दैछन् । बिक्रेता थोरै भएर पनि किन्नेको भिड बाक्लै छ, पोखरामा । ‘गीतारको बिक्री वितरण राम्रै छ, हामीसँग हरेक प्रकारका गीतार छन्’ पोखरा न्यूरोडस्थित गीतार नेसनका संचालक भुवन केसी. भन्छन्,‘धेरैजसो लर्नरले नै किन्छन्, व्यवसायिक कलाकारले त धेरैजसो विदेशबाटै मगाउँछन् ।’ पोखराको लेकसाइड, न्यूरोड, तेर्सापट्टि, महेन्द्रपुल लगायतका ठाउ“मा गीतार पसल भेटिन्छन् । यहा“ विश्वप्रसिद्ध हरेक ब्राण्डका गीतार पाइन्छन् । पोखरामा पाइने गीतारको मूल्य ४ हजारदेखी ३० हजार रुपैया“ सम्म राखिएको छ । महङ्गा गीतार नबिक्ने भएकाले खासै पाइदैनन् ।
