मनोज घर्तीमगर
टुक्रिएर फेरी जोडिएको डि–मर्चा व्याण्डले पोखरामा लाइभ कन्सर्ट गरेको छ । शुक्रबार पोखराको चिसो मौसममा डि–मर्चाको संगीतले सबैलाई ततायो । ट्राफिक जनचेतना सहित ब्याण्डले कन्सर्ट गरेको हो ।
“ट्राफिक नियम पालना गरौं, दुर्घटनाबाट बचौं, ट्राफिक प्रहरीले सिटि बजाउदा सवारी साधन रोकौं” गितबाट प्रस्तुती सुरु गरेका डि–मर्चा व्याण्डका प्रमुख भोकलिष्ट भाष्कर ध्वज श्रेष्ठले डेढ दर्जन गीत गाएर दर्शक नचाए । उनले वीर नेपाली…., झ्याम्मै चौतारी…, केलाससम्म…., झम्म–झ्याम्म…, तारा खसौली…, त्यो डल्लीले…., झिल्के ठिटो…. लगायत गीत गाउँदा चिप्लेढुंगा क्षेत्रको सडकमा भिड लागेका दर्शकहरुले गायक श्रेष्ठको समुहलाई साथ दिए । कोहि गायक श्रेष्ठसंगै स्वरमा स्वर मिलाउदै थिए भने कोहि सडकमै नाच्न व्यस्त ।
प्रबेश निशुल्कः रहेको कार्यक्रम अपरान्ह ५ बजेदेखि ३ घन्टासम्म चलेको थियो । डि–मर्चाले ट्राफिक सचेतना सहित गरेको कार्यक्रमले सवारी दुर्घटना सम्बन्धि जनचेतना जगाउन सहयोग गरेको कार्यक्रम संयोजक सन्देश श्रेष्ठले बताए । ट्राफिक जनचेतनामूलक गीतबाट शुरु भएको कन्सर्ट सोही गीतबाटै समापन गरीएको उनले बताए । कार्यक्रममा लिटिल लनर्स मल्टेश्वरीका वालवालीकाले ट्राफिक सचेतनामूलक प्रस्तुती र पोखरा १३ भद्रकालि स्थित बालगोपाल भजन कृतन समितिले लाखे नृत्य देखाएका थिए ।
