
प्रकृति पुजक किरात लिम्वूहरुको महान पर्व चासोक तङ्नाम न्वागी पर्व पुर्वी लिम्वूवानमा भव्यरुपमा भईरहेको छ । पुर्वको धरान, मोरङ, झापा, ईलाम, पाचथर लगायतका जिल्लाहरुमा विविध कार्यक्रमहरुका साथ चासोक तङनाम उत्सव भईरहेका छन् । पुर्वको धरानमा विगतका वर्षहरुमा झै यो वर्ष पनि चासोक तङ्नाम सास्कृतिक पर्यटन उत्सव २०७१ शनिवार देखि भव्यरुपमा भईरहेको छ । मंसिरपुर्णेलाई प्रकृति पुजक किरात लिम्वूहरुले उधौली पर्वकोरुपमा मान्ने गर्दछन् । आफनो खेत वारीमा पाकेको पहिलो अन्न वाली आफनो ईष्ट देवता तागेरा निङवाफुमाङलाई चढाएर मात्रै खाने गर्दछन् । सोही अनुसार धरानमा वसोवास गर्ने लिम्वू समुदायले मंरिपुर्णिमाको दिन आफनो ईष्ट देवता तागेरा निङवाफुमाङलाई किरात याक्थुङ चुम्लुलुङको प्रागणमा सामुहिकरुमा भेला भई चासोक गर्ने गर्दछन् । जस अनुसार धरानमा सामुहिक पुजाको सुरुवात भएको छ । यसले धरानका लिम्वूहरुमा एकताको सन्देस यो चासोक तङ्नामले दिएको छ । जस अनुसार धरानमा वसोवास गर्ने लिम्वूहरुले मंसिरपुर्णिमाको दिनलाई विषेश दिनकोरुपमा लिने गर्दछन् । धरानको प्रवेशद्धार तिनकुनेमा रहेको शिरिजंगाको सालिकमा पुजा आज गरेर सुरु भएको चासोक तङनाम धरानको विजयपुरमा रहेको किरात राजाको दरवार हाङयुक्नामा गई पुजा आज गरी चासोक तङनाम सुरु भएको जनाउ दिईन्छ । यही अनुसार यो वर्ष सुनसरीको धरानमा पाच दिने चासोक तङनाम सांस्कृतिक पर्यटन उत्सव भईरहेको छ । चासोक तङनामको पहिलो दिन लिम्वू संस्कार अनुसार तङसीङ चोमेन गरियो । लिम्वू मुन्धुम अनुसार गरिएको यो तङ्सिङ मुन्धुम पुरै एक रात राखिन्छ । यस्तै चासो तङनामको अवसरमा विक्रम आङवोहाङ स्मृति प्रतिष्ठानले चुम्लुङको प्रागणमा निर्माण गरेको करिव १० लाखको लागतमा विक्रम आङवुहाङ स्मृति मञ्चको पनि हस्तान्तरण कार्यक्रम सम्पन्न भयो । हरेक साझ हुने सांगितिक कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांतितिक प्रस्तुतीहरु भईरहेका छन् । जस अनुसार उदघाटनको दिन उदयीमान गायिका श्रेयसी चेम्जोङको एकल सांगितिक साझको आयोजना गरिएको थियो । विन्यावासिनी म्युजिक एवार्डको टप फाईभमा पुग्न सफल श्रैयसी चेम्जोङले आफनो एकल साझमा लिम्वू र नेपाली गीत गरी दर्जन भन्दा वढी गीत प्रस्तुत गरेकी थिईन् । लिम्वू भाषामा उपस्थित दर्शकहरुलाई सम्वोधन गर्दे सुरु गरेकी श्रेयसीले आधा दर्जन वढी लिम्वू गीग गाउदा दर्शको खुव हुडिङ पाएकी थिईन् । त्यसैगरी सुने खवर वोलको नेपाली गीत गाउदा दर्शकले पनि उत्तिकै साथ दिएका थिए । राति अवेर सम्म भएको सो सांगितिक कार्यक्रम पछि रात भर लिम्वू संस्कृति अर्नगत यालाङ अर्थात धान नाच भएको थियो । यस पटकको चासोक तङनाममा उत्कृष्ट धान नाच्ने जोडीलाई पुरस्कृत गर्ने आयोजक किरात याक्थुङ चुम्लुङ धरान नगर समितिका अध्यक्ष सुवासचन्द्र हुक्पाचोवाङले वताउनुभयो । धरानको चासोक तङनाम विगतको वर्षहरुको तुलनामा पहिलो दिननै निक्कै भव्य भएको छ । लिम्वू युवा पुस्ताको उल्लेख्य सहभागिता रहेको यो चासोक तङ्नामले गर्दा युवामा पनि संस्कृति मोह वढेको प्रथाजनित संस्थामा पिएचडी गर्दे गर्नुभएका कमल तिगेला वताउनुहुन्छ । हिजोका दिनमा लिम्वू जातिको मौलिकता वोकेको पहिरन गर गहना लगाउन भने पछि पर भाग्ने युवाहरुको पनि सांस्कृतिक पहिरनहरुमा मोह वढेको छ । धरानमा भईरहेको चासोक तङनामको उदघाटन सत्रमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने माहनुभावहरुलाई सम्मान पनि गरिएको थियो ।
