मालुङ्गामा उद्धघोषण तथा आधारभुत पत्रकारीता तालिम जारी

Read Time:1 Minute, 43 Second

विनोद रखाली मगर

गल्याङ्, मङ्सिर २०
सङ्गम साहित्य समाज मालुङ्गाको आयोजनामा दश दिने उद्धघोषण तथा आधारभुत पत्रकारीता तालिम सार्वजनिक उच्च मा.वि मालुङ्गामा जारी छ । तालिममा रेडियो, टेलिभिजन, स्टेज कार्यक्रम सन्चालन, समाचार लेखन तथा आधारभुत पत्रकारिता सम्वन्धि एभिन्यूज टेलिभिजनका सन्चारकर्मी लोकराज भण्डारी, लक्ष्मि टेलिभिजनका समाचार प्रमुख विनोद रखाली मगर, गल्याङ् पोष्ट साप्ताहिकका सम्पादक टिकाराम अधिकारी, ग्लोवल न्यूजका सह सम्पादक गोपिकृष्ण रेग्मी, सन्चारकर्मी प्रेम रेग्मी, पत्रकार खगेन्द्र भण्डारी लगाएतले प्रशिक्षण दिनुहुने आयोजकको भनाई छ । तालिममा मालुङ्गा क्षेत्रका करिव ४० युवा युवतिहरुको सहभागिता रहेको सगंम साहित्य समाजले जनाएको छ । यस अघि तालिमको उद्धघाटन गर्दै मालुङ्गा गाविसका गाविस सचिव मनिराम भट्टराईले वोल्ने कला मानिसको अपरिहार्य आवश्यक्ता भएको वताउदै तालिमलाई व्यवहारिक वनाउन सुझाव दिएका थिए । सगंम साहित्य समाजका अध्यक्ष अर्जुन भण्डारीको अध्यक्षतामा सन्चालित तालिम मङ्सिर २५ गते समापन हुनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %