विनोद रखाली मगर
गल्याङ्, मङ्सिर २०
तुलसिभन्ज्याङ् ४ दिमिकमा स्थापन गरिएको रातमाता निमा ग्रामिण सडक उपभोक्ता समुहको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले विष्णु प्रसाद भट्टराईको अध्यक्षमा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा लेखनाथ भट्टराई, सह उपाध्यक्षमा वोधराज भट्टराई, सचिवमा डिल्लीराम अर्याल, कोषाध्यक्षमा उदय प्रकाश भट्टराई, सदस्यहरुमा पिताम्वर सुवेदी, कमलादेवि भट्टराई, तेजनारायण भट्टराई, लिलाराम ज्ञवाली रहेका छन् । निर्वाचन मण्डलका सयोंजक नारायण प्रसाद वालिको सयोंजकत्वमा नयां समिति निर्वाचित गरेको जनाइएको छ । यसै विच वार्षिक उत्सवमा वोल्दै आधिँखोला वहुउद्धेशीय सहकारी सस्ँथाका अध्यक्ष अर्जुन प्रसाद श्रेष्ठ, ज्ञान ज्योती निमावि लल्याङ्का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भट्टराई, महिला नेत्री धना भट्टराई, गरिमा विकाश वैक शाखा कार्यालय गल्याङ्का प्रवन्धक लेखनाथ भट्टराई, लेखा समिति परिक्षण सदस्य तेज नारायण भट्टराई, प्राध्यापक तथा समाजसेवि नारायण प्रसाद ज्ञवाली लगाएतले ग्रामिण सडक उपभोक्ता समितिका विभिन्न पक्षहरुका वारेमा आफ्ना भनाई राखेका थिए ।
उपभोक्ता समितिका अध्यक्ष टुक प्रसाद भट्टराइले समितिको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष लेखनाथ भट्टराईले करिव १० लाख वरावरको आय र ८ लाख ५० हजार वरावरको व्यय प्रस्तुत गरेका थिए । समितिका अध्यक्ष टुक प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन समितिका सचिव विष्णु प्रसाद भट्टराईले गरेका थिए ।
