आदिवासीको राष्ट्रिय भेलो सम्पन्न

Read Time:1 Minute, 52 Second

दिल प्रसाद थापा 

 
बुटवल । नेपाल आदिवासी जनजाती महासंघको बटवलमा आयोजनामा भएको राष्ट्रिय भेला मंसिर १७ र १८ को भेला आज सकिएको छ ।
भेलाको घोषणा पत्र सम्बन्धी जानकारी दिन आदिवासी जनजाती पत्रकारमहा संघको आयोजनामा भएको पत्रकार सम्मेलनमा उक्त घोषणा पत्र वितरण गरिएको छ । कार्यक्रममा नरेन्द्र कुमारले नेपालको सन्दर्भमा आदिवासी जनजाति संघ भएको राष्ट्रिय सहमती लगायत आन्दोलनले उठाएका मुद्धाहरु नयाँ संविधानमा लिपीबद्ध हुन पर्ने बताए । उनले आदिवासीको आन्दोलन भनेको समानताको आन्दोलन हो भन्दै समानता पहिचान सहितको संघियता आए मात्र सुनिश्चित हुने बताए । उनले आन्दोलन संग जोडिएका मुद्धामा सबै क्षेत्र सँग सहकार्य गरेर जानु पर्ने बताए । आदिवासी जनजाती महासघ निर्णायक आन्दोलनमा जान तयार रहेको बताए । उनका अनसार काग्रेस एमालेको सात प्रदेश कुनै पनि हालतमा स्विकार्य नहुने बताए । कार्यक्रममा आदिवासी जनजाती महासंघका महासचिव पेम्बा भोटेको पनि मन्तव्य रहेको थियो । कार्यक्रमको अन्तिम समयमा घोषण पत्र वितरण गरिएको थियो ।
पत्रकार सम्मेलन कार्यक्रममा फोनिज रुपन्देही का अध्यक्ष मिलन गाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नरेन्द्र कुमार कुमाल रहेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %