आङकाजीले जलाए ७ प्रदेशको प्रस्ताव

Read Time:1 Minute, 58 Second

दिल प्रसाद थापा
बुटवल – बुटवलमा भएको आदिवासी जनजाती महासंघको राष्ट्रिय भेला पश्चात आङकाजीले काग्रेस एमालेको सात प्रदेशको प्रस्तावको दस्तावेज जलाएका छन ।
आङकाजीले पद्यमरत्न तलाधरको संयोजत्वमा गठन भएको आदिवासी जनजाती राष्ट्रिय आन्दोलनमा सबै पक्ष सगै जानु पर्छ भनेका थिए । एमालेको सात प्रदेशको अवधारणा जलाएका थिए । उनले प्रमुख पार्टी एमाले काग्रेसको निर्देशन आदिवासी जनजाति महासंघका वर्तमान अध्यक्ष नरेन्द्र कुमाल लगायत महासचिव पेन्बा भोटे महासंघको आन्दोलनलाई कमजोर बनाउन खोजेको आरोप लगाउदै सडकमा संशक्त आन्दोलन गर्नुको सत्तामा कोठो आन्दोलन गरेको आरोप लगाए । आदिवासी महासंघले सभामा प्रस्तावनै नगरेको र कुनै पनि जिल्लाका प्रतिनिधीलाई छलफल विनाको घोषणा पत्र बनाएको गुनासो विभिन्न जिल्ला बाट आएका प्रतिनिधीले बताए । उक्त भेलामा ७१ जिल्लाबाट ५१ जिल्लाका प्रतिनिधीको उपस्थिती रहेको थियो । ५१ वटा जिल्ला प्रतिनिधी उपस्थिती रहेको भेलामा पद्यमरत्न तुलाधरको नेतृत्वमा भएको आदिवासी जनजाती राष्ट्रिय आन्दोलनमा ४६ जिल्लाको हस्तक्षर सहित सहभागिता जनाएको छ ।
भेलाको उद्घाटन कार्यक्रममा आङकाजीको मन्तव्य बोलेपछि काग्रेस एमालेको वचाउ गर्दै मनतव्य दिदै गर्दा सहभागीहरुले एक्कासी रोस्टम घेरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %