दिल थापा
बुटवल, १९ मंसिर
सुसासन परियोजना(सुप)को आर्थिक सहयोगमा श्रीसामनगर टोल विकास संस्था बुटवल–४ मा निर्माण गरिएको ओभराह्याण टंकीको उद्घाटन गरिएको छ ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरि नेकपा एमाले क्षेत्र नम्बर २ रुपन्देहीका सभासद् विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका हुन ।
बुटवल–४ मैनावगरमा ३४ लाख ३३ हजार २९ रुपैयाँको लागतमा होभरह्याण टैंकी निर्माण गरिएको हो । ३ सय जना घरधुरीका १३ सय जना स्थानियलाई सेवा प्रदान गर्ने उदेश्यका साथ खानेपानी टंकी निर्माण गरिएको सुसासन परियोजनाकी एशोधा थापाले जानाकारी दिईन् ।
खानेपानी टंकी उद्घाटन कार्यक्रम उद्घाटन कार्यक्रममा मिन बहादुर खड्काको अध्यक्षता भएका रहेको थियो । कार्यक्रममा बुटवल नगरपालिकाका निमित्त प्रमुख विष्णु खनाल, रुपन्देही व्यापार संघका उपाध्यक्ष पदम श्रेष्ठ, नेपाली कांग्रेस नगर सभापती खेलराज पाण्डे, नगर स्तरिय टोल विकास संस्था संमन्वय समितिकी निमीत्त संयोजक ज्वोती अर्याल, आमा मिलन केन्द्रका धना लामा, बस्ती विकास संञ्चालका दिनेश घिमिरे, प्राटिकल एक्शन नेपालका मनोझ झा, लुमन्ती परियोजनाका महेन्द्र शाक्य लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जनआस्था खानेपानी संस्थाका अध्यक्ष देवु थापा, श्रीरामनगर बस्ती विकास सञ्चालनका अध्यक्ष दिनेश घिमिरे, नगर स्तरिय टोल विकास संस्था संमन्वय सयमितिका निमित्त संयोजक ज्वोती अर्याल, सुसासन परियोजनाका नगर संयोजक मोहन थापा लगायतले मन्तव्य राखेका थिए । सुसासन परियोजना अन्र्तगत बुटवल नगरपालिका, लुम्ती, प्राटिकल एक्सन र युरोपियन युनियन रहेका छन् ।
खानेपानी टंकी निर्माण समितिमा अध्यक्ष मिन बहादुर खड्का, उपाध्यक्ष प्रकाश पहाडी, सचिव यमलाल घिमिरे, सह सचिव राजेन्द्र खड्गी, कोषाध्यक्ष सावित्रा देवी पन्थी, सदस्यमा हरिसरा पुन र सावित्रा जिसि रहेका छन् ।
